"मेरो सम्मान पुनःप्राप्त गरे"

म आफ्नो शहरको खेलाडी थिए। हाइस्कुल सकेपछि मैले मरिन क्रप्समा जान फुटबल र रेस्लिङको छात्रवृत्ति अस्वीकार गरे। आठ वर्ष मरिन क्रप्स एम्फिबियस मरिन रिकनमा काम गरे।

रिकनबाट बाहिरिएपछि म घर गए। हो, म स्वीकार्नेछुँ, तपाईंलाई थाहा छ म जहाँ पनि ‍पिउँछु। तर मैले खासमा मादकपदार्थ अत्यधिक सेवन गर्न सुरू गर्नुअघि त्यो बार्बेक्यु र स्टफ जस्तै थियो र म त्यसलाई नियन्त्रण गर्न सक्थे। तर, पछिल्लो दुई वर्षमा यो साँच्चिकै धेरै भयो।

मैले मादकपदार्थ पिउने कुरा मेरा दाजुभाइ, दिदीबहिनी र आमाबुवासँग लुकाइरहेको अथवा लुकाउन खोजिरहेको थिए। मैले जागिर ‍छाडे। र मैले काम ‍छाडे देखि म दिनको दुई देखि पाँच पटकसम्म पिउँथे। त्यतिबेला मैले वास्ता गर्ने मादकपदार्थमात्रै थियो।

मसँग धेरै समय थिएन, र मेरा परिवार पनि नजिक थिएनन् किनकि म स्वयम् उनीहरूबाट टाढिएको थिए। भएका साथीहरूसँग पनि मैले बोल्न ‍छाडे। म खाली पिउने र सुत्ने कोठामा हल्लिन थाले।

जब मलाईं नार्कोनन ल्याइयो त्यसबेला पनि कसैसँग बोल्दिनथे। तपाईंलाई थाहै छ, टाउको निहुराएर यताउता हिँड्थे। जब मैले सौना लिन थाले, सौनामा बढी समय बिताउँदै जाँदा मैले मेरो शरीरबाट विषाक्त पदार्थ बाहिर निस्केझैं महसुस गर्न थाले। मैले स्पष्ट सोच्न थाले, मेरो निर्णय अस्पष्ट थिएन। मैले दिन प्रतिदिन झन-झन राम्रो महसुस गर्न थाले जस्तो म पहिले थिए।

त्यो ठाउँले मलाईं बचायो। म साँच्चिकै तीव्र गतिमा सामान्य बन्दै गइरहेको थिए। म यहाँ नआएको भए अहिलेसम्ममा मरिसकेको हुन्थे होला। नार्कोननले मलाईं मेरो जीवन फिर्ता गरिदियो। मेरो गौरव, मेरो सम्मान मलाईं फिर्ता पाउन मद्दत गर्‍यो। फरक के छ भने अहिले म आफैलाई ऐनामा हेर्दा गर्व महसुस गर्छुँ। ऐनामा हेर्दा मलाईं अब डर लाग्दैन। र, जब म ऐनामा हेर्छुँ मैले आफ्नो नयाँ रूप देख्छुँ। "यो निकै राम्रो अनुभव छ।

थप भिडियोहरू