नार्कोनन कार्यक्रम

पहिचान र मूल्यांकन

यस प्रकाशनमा लिपिबद्ध गरिएझैँ, नार्कोनन कार्यक्रम कुलतको कारकहरूको विस्तृत दृश्यमा आधारित छ र यसले एउटा व्यक्ति- कुलत स्वयम्, कुलतको अन्तर्निहित कारणहरू सम्बोधन गर्छ र लागुऔषध बिनाको जीवनको लागि एकदमै नया योजनाको आवश्यकता छ।

यो धारणा कार्यक्रमको सबै पक्षहरूमा प्रतिबिम्बित भएको छ जस्तै कार्यक्रमका सहभागीहरूलाई विद्यार्थी भनिन्छ - रोगीहरू, पीडितहरूदुर्व्यसनीहरू होइन। उनीहरू विद्यार्थीहरू हुन् किनभने उनीहरू लागुऔषध बिनाको पूर्ण र उत्पादनशील जीवन जिउनका लागि कला र प्रविधि सिक्छन्। तिनीहरू अरूलाई गरेको दुख र क्षतिको बारेमा सोचेर नयाँ जीवन निर्माण गर्न अघि सर्न सक्षम हुन्छन्।

नार्कोननको माइन्ड सेट भनेको व्यक्ति आफ्नो स्वास्थ्य र जिवनको स्थिति बारे जिम्मेवार रहनु तथा नार्कोनन कार्यक्रमको माध्यमबाट लागुऔषध मुक्त भै आफूले चाहेजस्तो जीवन जिउनका लागि शक्ति निहित हुनु होl

साम्शा (SAMHSA), लागुऔषध सेवन तथा मानसिक स्वास्थ्य प्रसासन, दुर्व्यसनीमा फसेको व्यक्तिलाई सुधार गर्ने स्ट्यान्डर्डलाई परिभाषित गर्दछ: लागुऔषध मुक्त जीवनको बाहेक व्यक्तिले अन्य तरिकाहरूबाट कार्यमा संलग्न भै बिद्यालय वा दुवैमा परिवार र साथीहरूसँग सकारात्मक सम्बन्ध कायम गर्ने कुरामा सक्रिय हुनु पर्दछ तर सामान्यतया जीवन सम्बन्धी बिषयमा राम्रो सोच लीई कुनै अपराधिक कार्यमा संलग्न हुनु हुदैन।

यस प्रोफाइलसँग मिल्ने नार्कोननबाट उत्तीर्ण ठुलो सख्याका व्यक्ति, उनीहरूका परिवार र व्यवसायीहरूले तलको पृष्ठमा आफ्ना भनाई पेश गरेका छन्।

लस एन्जलस क्षेत्रले नार्कोनन सेवाहरू अभिस्वीकार्य गर्छ।

सरकार

"लागुऔषध दुर्व्यसन आयोग सिनेटको सभापती, म तपाईं र तपाइको संस्थाले लागुऔषधको कुलत तथा दुर्व्यसन हटाउन गरेको योगदानलाई म मुरी मुरी धन्यवाद दिन्छुँ। नार्कोनन कार्यक्रम तथा अन्य सम्बद्ध संगठनहरूको कडा मेहनतले अहिले सोचिएको लागुऔषध मुक्त समाज बास्तवमै निर्माण हुनेछ। नार्कोननको उपलब्धिहरू आफैं बोल्छन्। नार्कोनन कार्यक्रममा भाग लिएका सहभागीहरूको प्रतिक्रिया नार्कोननले कति मन जितेको छ भन्ने कुराको प्रमाण हो। नार्कोननले द्रूत गतिमा लागुऔषध छुटाउन प्रयोग गरेको अद्दितिय पद्दति उल्लेखनीय छ। लागुऔषध दुर्व्यसनी बिरूद्ध लडाई सरकारी तथा निजी क्षेत्रको संयुक्त परियोजना बन्नु पर्दछ। म नार्कोननसँग आबद्ध हुन पाउँदा खुशी छुँ र अरूलाई पनि लागुऔषध बिरूद्धको लडाईमा सामेल हुन प्रोत्साहन गर्दछुँ।" -संयुक्त राज्य सिनेटर

"लागुऔषधको समस्या हाम्रो समाजले उन्मुलन गर्न नसकेको एकदमै जटिल र महत्वपूर्ण खतरा हो। निराश हुँनु हुँदैन, र तपाई र तपाईको संस्थाको दृढ प्रयास मार्फत मात्र यो संघर्षमा सफलता प्राप्त हुन्छ। दशकौंसम्म, तपाईं लागुऔषध दुर्व्यसन रोक्न मद्दत गर्न सक्रिय भएर लाग्नुभएको छ र अवैध लागूपदार्थ सेवनको सिकार बनेका व्यक्तिहरूलाई परामर्श र शिक्षा दिईरहनु भएको छ। १९६६ देखि नै तपाइँले नार्कोनन केन्द्रहरू संसारभरका देशहरूमा विस्तार गर्नुभएको छ जसले के बताउँछ भने तपाइँको कार्यक्रम र तरिकाहरू प्रभावकारी हुन भन्ने सिद्ध गरेका छन्। -क्यालिफोर्निया राज्यका, भूतपूर्व गभर्नर

तपाईंले प्राप्त गर्नुभएको नतिजाहरू प्रभावशाली छन्। नार्कोननका पहिलेका विद्यार्थीहरू, जो आफ्ना कुलतबाट मुक्त छन् र सामान्य काम र पारिवारिक जीवनतर्फ फिर्ता आउन सक्षम भएका छन्, उनीहरूलाई भेट्दा धेरै नै सकारात्मक प्रतिक्रिया पाएका छौं।" -सांसद सदस्य, स्विडेन

न्यु योर्क फायर विभागले ९/११ रेस्क्यु वर्कर्स डिटक्स प्रोजेक्ट सेवाहरू अभिस्वीकार्य गर्छ।

नार्कोनन लागुऔषध सुधार कार्यक्रम एच. हब्बार्डले बिकास गरेको समाधानहरू लागु गर्छ र त्यसले हजारौं व्यक्तिहरूलाई उनीहरूको जीवन र आत्म-सम्मान पुनः प्राप्त गर्न सघाएको छ। -सभामुख, प्रतिनिधि सदन, पोर्टो रिकोको राष्ट्रमंडल

"नार्कोनन नेपालले नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत रोकथाम र सुधार कार्यमा उल्लेख्य योगदान पुर्‍याई धेरै नेपालीहरूको जीवन बचाउन मद्दत गरेको हुनाले कृपया नार्कोनन नेपाल स्थापित गर्न सहयोग गर्नु भएकोमा हाम्रो धन्यवाद स्वीकार गर्नुहोस।" -गृह मन्त्रि, नेपाल सरकार

"नार्कोनन सेन्टा क्रूज र प्लेसरभिलेको रूपमा स्थापित भएर सुधार देखि लागुऔषध मुक्त गर्ने पद्दति प्रदान गर्दै छ।" यो उत्कृष्ट कार्यक्रमले लागुऔषध दुर्व्यसनका लक्षणहरू पत्ता लगाई विद्यार्थीहरूलाई सिप र दायित्वबोध गराउन सफल छ" -संयुक्त राज्य अमेरिका सिनेटर

"यस उत्कृस्ट संगठनले लागुऔषध दुर्व्यसनी रोकथाम र पुनर्स्थापनको क्षेत्रमा सेवा दिएको २५ बर्ष पुरा गर्न सफल भएकोमा म मुरी मुरी बधाई दिन चाहन्छुँ।" -राज्य गभर्नर, अमेरिका

सिटि अफ म्याकएलेस्टर, ओक्लाहोमा नार्कोनन दिवस घोषणा गर्छ

"हाम्रो एल टी. गभर्नर तपाइको कार्यक्रमसँग बिशेषरूपमा जानकार छन् र नार्कोननको जस्तो प्रयासको लागि अत्यन्तै प्रसंशा र सहयोग गर्छन्, जसले हाम्रा युवाहरूलाई लागुऔषध र मादकपदार्थजस्तो सन्दर्भमा सहि रोजाई के हुन् भनि चेतना प्रदान गर्‍यो।" -राज्य गभर्नर, अमेरिका

"हामी एल. रोन हब्बर्डलाई उहाँको अनुसन्धान र प्रविधिले स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा मादकपदार्थ र लागुऔषधबाट जीवन बचाउन मदत गरिरहेकोले उहाँको आभारी छौं।" नगर परिषद सदस्य, संयुक्त राज्य

"नार्कोनन भिस्टा बेले धेरै अनगिन्ती मानिसहरूको जीवन बचाउन र पुनर्स्थापित गर्न तथा किशोर किशोरीहरूलाई लागुऔषध प्रयोग बारे शिक्षा प्रदान गर्न फरक कार्यक्रम सञ्चालन गरेको छl" -एल टी गभर्नर, अमेरिका

मेडिकल पेशेवरहरू

"अहिले मैले झन्डै ४,००० व्यक्तिहरूलाई हब्बर्ड डिटक्सिफिकेसन कार्यक्रममा राखेको छुँ। यसले काम गर्दछ भन्ने कुरा म निसंकोच भन्न सक्छुँ। यो सञ्चित बिसाक्त पदार्थलाई पूर्ण रूपमा शरीरबाट बाहिर निकाल्न सक्ने एकमात्र उपचार हो।" मेडिकल चिकित्सक, अमेरिका

"नार्कोनन फरक तरिकाबाट संगठित कार्यक्रमको माध्यमबाट सुधारको काम गर्न सक्ने विकल्प प्रदान गर्न प्रभावकारी छ....मेडिकल डाक्टर भएको नाताले, म लागुऔषधको कुलतमा फसेका मानिसहरूलाई नितान्त नार्कोनन कार्यक्रम अपनाउन सल्लाह दिन्छुँ। लागुऔषधका दुर्व्यसनीहरू नार्कोनन कार्यक्रममा सहभागी हुन्छन् र लागुऔषध बाट मुक्त भएर जान्छन्।" -मेडिकल चिकित्सक, स्पेन

"सुधारको क्षेत्रमा नार्कोननको विशिष्ट स्थान छ। यसले दुर्व्यसनीहरूलाई अरू केन्द्रको तुलनात्मक रूपमा कम पीडादायी, लागुऔषध रहित विथड्रल प्रदान गर्दछ-जुन दुर्व्यसनी र व्यवसायीहरू असम्भव ठान्छन्। अमेरिकी सरकारले यसको लागि अरबौं डलर खर्च गर्दा पनि सन्तोषजनक उपाय पत्ता नलागेको समयमा यसले करदाताहरूका लागि निशुल्क र प्रभावकारी कार्यक्रमको विकास गर्‍यो" -मेडिकल चिकित्सक, (लागुऔषध दुर्व्यसन उपचारमा विशिष्ट ज्ञान भएको), संयुक्त राज्य

सिटि अफ लस एन्जलसले नार्कोनन लागुऔषध रोकथाम र शिक्षालाई अभिस्वीकार्य गर्छ

"नार्कोननको चिकित्सकीय परामर्शदाता भएको नाताले मैले नार्कोनन कार्यक्रममा लागुऔषध छुटाउन आएका सयौं दुर्व्यसनीहरू सँग संगत गरेको छुँ। मलाईं लाग्छ अवलोकन गरिएका धेरै घटनामा नार्कोनन विधि सबैभन्दा प्रभावकारी छ। पहिला निको हुँन सक्दैन भनिएका व्यक्तिहरूलाई पनि यस कार्यक्रमले निको पारि सामान्य जीवन दिएको छ।" -मेडिकल चिकित्सक तथा जीवशास्त्री, इटली

"मैले काम गर्दै जाने क्रममा नार्कोनन न्यु लाइफ डिटक्सिफिकेसन कार्यक्रमको परिणाम अचम्म लाग्दो थियो। कार्यक्रम पुरा गरेका व्यक्तिहरूले मानिसहरूलाई जुन रसायनले जीवन लिन लागेको थियो त्यस्ता रसायनहरूले अब कुनै बाधा गर्दैनन् भन्ने धारणा व्यक्त गर्दछन्। उनीहरू उच्च मानसिक स्पष्टता र अब भविष्यको बारेमा नयाँ अपेक्षा भएको कुरा व्यक्त गर्दछन्। कार्यक्रम पूरा गरेपछि उनीहरूको जीवन अधिक सुखी, स्वस्थ र बढी उत्पादनशील जीवन छ।" मेडिकल चिकित्सक, अमेरिका

"मैले नार्कोनन कार्यक्रमको लागि चिकित्सा परामर्शदाताको रूपमा १५ वर्ष काम गरेको छुँ। बिगत एक दशक देखि म एल. रोन हब्बर्डले विकास गरेको डिटक्सिफिकेसन पद्दतिको प्रयोगबाट प्राप्त परिणामहरूको बारेमा पढ्दै आइरहेको छुँ जसले भिटामिन, पसिना निकाल्ने सौना व्यायाम प्रयोग गर्दछ र जुन नार्कोनन कार्यक्रमको महत्वपूर्ण भाग हो। यस उपचार विधिले गर्दा लागुऔषधको अत्यधिक कुलतमा परेका नार्कोनन विद्यार्थीहरू केही दिनमै स्पस्ट विचार तथा सामान्य स्वास्थ्य जस्ता उपलब्धिहरू देखिन्छन्। धेरैले लागुऔषध तथा मादकपदार्थ सेवन गर्ने इच्छा उल्लेखनीय ढंगले घटेको बताए। प्रकाशित बैज्ञानिक अध्यनले यो पद्दति शरीरका तन्तुहरूमा रहेका अनेकौं टक्सिन तथा फोहोरहरू घटाउँन सफल रहेको देखाएका छन् तसर्थ म यस पद्दतिलाई निरन्तर प्रयोग गरि दुर्व्यसनीको उपचार गर्न सल्लाह दिन्छुँ।" मेडिकल चिकित्सक, क्यानडा

"मैले धेरै बर्षसम्म मेरो जीवन लागुऔषध दुर्व्यसनीहरूलाई पुनर्स्थापित गर्ने जस्तो कठिन काममा समर्पण गरेकोछुँ। मैले पुनर्स्थापन गर्ने अनेकौं प्रणालीको अध्यन गरेको छुँ र नार्कोननको माध्यमबाट राम्ररी कम गर्ने कार्यक्रम छ। मैले धेरै लागुऔषध दुर्व्यसनीहरू नार्कोनन कार्यक्रममा गइ लागुऔषध मुक्त जीवन बिताएको देखेको छुँ।" मेडिकल चिकित्सक, अमेरिका

लन्डन पत्रिका समूहले नार्कोनन कार्यक्रमको प्रशंसा गर्छ

"हामीले हाम्रो समाजमा प्रयोग गर्ने मादकपदार्थ तथा अन्य लागुऔषध दुर्व्यसनीहरूको परिणाम बारे राम्रो खबर कहिले सुनेको छैन। नार्कोनन कार्यक्रम भने राम्रो खबर हो भन्न म खुशी छुँ। म यसलाई ध्यानपूर्वक अध्यन गरि प्रयोग गर्ने बारे प्रोत्साहित गर्दछुँ" मेडिकल चिकित्सक, अमेरिका

कानुन कार्यान्वयन

"तपाइको कार्यक्रमले लागुऔषध शिक्षाका र लागुऔषधले शरीरमा गर्ने शारीरिक एवम् मानसिक नोक्सानी बारेको ज्ञानको क्षेत्रमा जित हासिल गर्दछ। कठिन व्यक्तिहरूलाई सम्हाल्न नार्कोननले गर्ने प्रस्तुतीकरणको तरिका उत्कृष्ट छ।" -क्याप्टेन तथा कमाण्डिङ अधिकृत, प्रहरी विभाग, अमेरिका

"नार्कोनन कार्यक्रमले कुनै बैकल्पिक लागुऔषधको प्रयोग बिना नै दुर्व्यसनीलाई मुक्त गर्दछ l तपाई सँग समुदायमै लागुऔषध छुटाउने, परिवारसँग नजिक गराउने र अपराध समस्या सडक मै समाधान गर्न सघाउ ‍पुर्‍याउने कार्यक्रम हुनु ठुलो कुरा हो। म नार्कोननलाई साथ् दिन्छुँ र तपाई पनि साथ दिनुहोस भनि अनुरोध गर्दछुँ l" -उप स्क्वाड कमान्डर

नेपाल सरकारले नार्कोनन लागुऔषध सुधार केन्द्रको प्रशंसा गर्छ

सामुदायिक नेताहरू

"तपाइको यस कार्यक्रमले एक पटक मेरो कम्पनीको एकदमै महत्वपूर्ण कामदारलाई लागुऔषध तथा मादकपदार्थ समस्या मुक्त गरि सहयोग गरेको छ। हाम्रो कम्पनिमा प्राय कमै यस्तो हुन्छ तर जब हुन्छ हामी तपाईंहरू हुनुहुन्छ नि भनेर खुशी छौं। त्यो व्यक्ति एकजना प्राविधिक थियो। उसलाई आफ्नो कामका बारेमा राम्ररी थाहा थियो तर उसले मादकपदार्थ एवम् लागुऔषध जन्य समस्याका कारण आफ्नो कामको सम्बन्ध बिगार्न थालेको थियो। तसर्थ, त्यस्तो गम्भीरता हुनु अगाबै हामीले उसलाई नार्कोनन पठायौं। समस्या समाधान भयो र उसको गुणस्तर र उपस्थिति फेरि उस्तै छ।" -व्यापार कार्यकारी, अमेरिका

"नार्कोनन एरोहेडले प्रयोग गरेको एल. रोन हब्बर्डले प्रतिपादन गरेको प्रबिधिको उपलब्ध प्रबिधिहरू मध्ये अत्यन्त प्रभावकारी प्रबिधि भएको मैले अनुभव गरेको छुँ। म नार्कोनन एरोहेडसँग भविष्यमा काम गर्न चाहन्छुँ l -संघ कार्यकारी, संयुक्त राज्य

"नार्कोनन कार्यक्रमको लागुऔषध सुधार तथा शिक्षा सेवा को ५० बर्षे अनुभवको इतिहाँस छ। अनगिन्ति मानिसहरूलाई स्थाई रूपमा लागुऔषध मुक्त गरि समाजको नैतिक र उत्पादनशील व्यक्ति बनाउन सफल यस्तो संस्थाको साथ पाउँदा मलाईं गर्व छ" -कल्याणकारी संस्था अध्यक्ष एवम् सी.इ.ओ., संयुक्त राज्य

"न्यायिक संघीय विभागमा ४ वर्ष तथा १३ बर्स प्रोविन्सिएल बेन्च लागुऔषध प्रोजेक्यूटरको अनुभवका आधारमा मा यो पत्र लेख्दै छुँ। हिरोइन दुर्व्यसनीलाई सुधार्न सफल एकदमै कम संस्थाहारूमा एक संस्था नार्कोनन हो। समुदायबाट कुनै पनि सार्वजनिक फन्ड प्राप्त गर्नु यस संस्थाको लागि ठूलो कुरा हो।" -प्रान्तीय अदालत न्यायाधीश, क्यानडा