लागुऔषध दुर्व्यसन

जब आफ्नो नजिकको मान्छे लागुऔषध दुर्व्यसनसँग संघर्षरत छ वा कुलतमा हराएको छ, परिवार र अन्य प्रियजनहरूलाई तिनीहरूको कसरी छिटो मदत गर्न सकिन्छ भन्ने जानकारी आवश्यक हुन्छ। यो पृष्ठको उद्देश्य यही हो। नार्कोनन लागुऔषध सुधार केन्द्रले चार दशक भन्दाबढी समय देखि जीवन बाचाउँदै आएको छ, र हामी वा तपाईंको नजिककाहरूले अनुभव गर्नुभएको लागुऔषध दुर्व्यसन समाधान बुझ्न मदत गर्न सकिन्छ भन्ने आशा गर्छौ।

कुतलले औषध दुर्व्यसनसँग सम्बन्धित सबै सामान्य प्रश्न र उत्तरहरू पाउनुहुनेछ। तपाईंले सामना गर्दै गरेको समस्या वा कुनै अरू मदत वा अन्य जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।

केही साधारण लक्षण औषधि दुर्व्यसन के-के हुन्?

लागुपदार्थको दुर्व्यसन एक व्यक्तिले आफ्नो सामान्य जिम्मेवारी, जस्तै विद्यालय कार्य, काम परियोजनाहरू, जनावरहरूको हेरचार, छोराछोरी वा अन्यहरूको जिम्मेवारी लिन असफल रहन्छन्। भाँडा नधोएका हुनेछन् र भान्सामा कुनै खाना हुने छैन। तिनीहरू प्राय आफूलाई सफा राख्न र आफ्नो हेरचार गर्न सफल हुँदैनन। तिनीहरू प्राय सामान्यतया राम्ररी सुत्दैनन् र राम्ररी खाना पनि खाँदैनन्, सामान्य उठ्ने समय मा उनिहरूले लामो घण्टासम्म उठेकोले वा अल्छि र निद्रा लागेकोले गर्दा। प्रश्न गरियो भने तिनीहरू क्रोधि र विरोधी र शत्रूतापूर्ण पनि हुन सक्छन्। उनीहरूको मित्र परिवर्तन हुन सक्छ र तिनीहरू धेरै समय आफन्तहरूको सम्पर्कभन्दा टाढा बस्न सक्छन्। व्यक्तिगत सम्पत्ति वा घरका वस्तुहरू हराइरहेको हुन सक्छन् वा अचानक धेरै पैसा हुन सक्छ।

लागुऔषध दुर्व्यसन कुलत बन्न सक्छ?

प्रतिकूल सामाजिक मानसिक र शारीरिक परिणामहरूका साथै कुलत एउटा यस्तो अवस्था हो जसको बिशेषता बारम्बार, बाध्यकारी वांछित र लागूपदार्थ, मादकपदार्थ वा अन्य त्यस्तै पदार्थ प्रयोगले हुन्छ। यो सामान्यतया लागुऔषध प्रति मनोवैज्ञानिक र शारीरिक रूपमा निर्भरता र लागुऔषध फेरि सेवन गर्ने लक्षण देखाउँछ जब कसैले लागुऔषधको प्रयोग हटाउछ या रोक्छ। कुलतमा परेका बेला, व्यक्तिले लागुऔषध भन्दा लागुऔषधले व्यक्तिलाई नियन्त्रण गरी रहेको हुन्छ। जब एक व्यक्तिको लागुऔषध वा मादकपदार्थको प्रयोग गर्नुहुन्छ वा हुँदैन भन्नेबारे तर्क‍सँगत छनौट गर्ने क्षमता हराउछ, उ कुलतमा फसिसकेको हुन्छ।

कसरी छिटो एक व्यक्ति लागुऔषध आशक्त बन्न सक्छ?

केही लागूपदार्थसँगै, कुलत धेरै चाँडै उत्पन्न हुन सक्छ। यसको अर्थ एक, दुई वा तीन चोटिको सेवन पछि, लागुऔषध सेवन गर्ने यस्तो बलियो इच्छाहरू हुन सक्छ कि थाहा हुँदा हुँदै उ फेरि लागुऔषध तिर पुग्छ। केही मान्छेहरूले यो रिपोर्ट गरेका छन् कि मेटाफेटामाइन, कोकिन र ओक्सीकोडोनले यसरी नै काम गरेका छन्। एक्सटेसी (ऐम डि ऐम ऐ) को चाँडै लत लाग्न सक्छ। मादकपदार्थ र गाँजा सामान्यतया बिस्तारै तर अधिक लत लाग्न सक्छ।

के के सामाजिक समस्याहरू लागुऔषध दुर्व्यसनद्वारा नराम्रो बन्दछन?

जुन समुदायमा उच्च मात्राको लागपदार्थ दुर्व्यसन भईरहेको हुन्छ त्यहाँ हत्या र हिंसाको मात्रा पनि उच्च हुन्छ र त्यो स्थितिमा घरेलु र बाल दुर्व्यसनको वृद्धि पनि हुन्छ। धेरै मानिसहरू बाटो दुर्घटनामा घाइते हुने मुख्य कारण मादकपदार्थ र लागुपदार्थ सेवनको असरले गर्दा हो। अधिक जोखिमपूर्ण यौन सम्पर्कको करण बढी गर्वधारण र यौन प्रसारित रोगहरू हुन सक्छन्। घरबार विहीन हुने, बेरोजगारी र लागूपदार्थबाट मृत्‍युमा वृद्धि हुन सक्छ।

यदि गर्भवती महिलाले लागुपदार्थ सेवन गर्‍यो भने के हुन सक्छ?

धेरै लागुपदार्थहरूले प्लासेन्टाको माध्यमबाट भ्रुणमा असर गर्छ। ‍क्र्याक कोकिन, डाक्टरको सल्लाह अनुसार लिएको मेथाडोन, हाइड्रोकोडोन र ओक्सिकोडोन, हिरोइन, मेथ वा मेथाफेटामाइनको प्रयोगको कारण जन्मिन लागेको बच्चा पनि लागुपदार्थको दुर्व्यसनी हुन्छ। मादकपदार्थको प्रयोगले गर्दा धेरै कम जन्म वजन र शरीरिक हानी र साथसाथै विकास र बौद्धिक समस्याहरू हुन सक्छ। कोकिनको प्रयोगले जन्म देखि अपाङ्ग हुन सक्छ। सम्मोहन दिने पदार्थहरू जस्तै एल.अस.डि, र एम डि एम ए, को कारण गर्भपात वा समय नपुगी जन्म हुने हुन्छ।

सुधार कार्यक्रमले साँच्चै लागूपदार्थ दुर्व्यसनको अन्त गर्न सक्छ?

एक व्यक्तिले सुधार कार्यक्रम ध्यानपूर्वक छनौट गर्नुपर्छ। प्रभावकारी सुधार कार्यक्रम लागुऔषधको सेवन कम गर्न वा लागुऔषध मुक्त जीवन रमाइलो गर्न एक व्यक्ति सेवन गर्ने इच्छाहरू हटाउन सक्षम हुनुपर्छ। प्रत्येक व्यक्तिले जुन परिस्थितिमा पहिले लागुऔषध प्रायोग गर्न थालेका थिए त्यसलाई सुधार गर्नु पर्छ, र तिनीहरूले सो कुलतद्वारा नष्ट भएको जीवन प्रतिस्थापन गर्न नयाँ जीवन पुनर्निर्माण गर्नुपर्छ। नार्कोननको लागुऔषध र मादकपदार्थ सुधार कार्यक्रमको घटक प्रत्येक क्षेत्रमा सफल र सिद्ध छन्।

म कसरी लागुऔषध दुर्व्यसन गर्ने व्यक्तिलाई मदत गर्न सक्छु?

एक व्यक्तिले जे बाहाना बनाएपनि, सुँघ्ने लागुपदार्थ तथा कुलत लाग्ने लागुपदार्थको वा अन्य पदार्थ दुर्व्यसन आफूलाई र तिनीहरूलाई वरिपरि अन्य मानिसहरूलाई खतरनाक र हानिकारक हुन्छ। एक व्यक्तिलाई मद्दत गर्ने सबैभन्दा राम्रो तरिका तिनीहरूलाई रोक्न सक्नु हो। यदि तिनीहरूले रोक्न र प्रयास गर्ने कसम खाएपनि असफल हुन्छन्, तपाईंले उनीहरूलाई नार्कोनन लागुऔषध मादकपदार्थ सुधार कार्यक्रममा ल्याएर उनीहरूको जीवन बचाउनु हो।

म कसरी एक व्यक्तिलाई नार्कोनन लागुऔषध सुधार कार्यक्रममा ल्याउन सक्छु?

दुर्भाग्यवश, धेरै यस्ता कुलतमा फसेका मान्छे आफ्नै समस्या हेर्न असफल हुन्छन् र मदत इन्कार गर्दछन्। नार्कोनन केन्द्रको भर्ना परामर्शदाताहरूले व्यक्तिको समस्या सम्बन्धी दृष्टिकोणको तरिकामा तपाईंलाई मदत गर्न सक्नुहुन्छ र नार्कोनन केन्द्रमा आगमनको बारे सबै कुराहरू भन्नु हुनेछ। सबै भन्दा राम्रो समाधान भनेएक पेशेवर व्यक्ति घरमा ल्याइ कुलतमा लागेको मान्छेको मद्दत गराउनेर उसले आफैले कुलत छाड्ने निर्णय गराउने। तपाईंको निकटतम नार्कोनन केन्द्रले पनि एक हस्तक्षेप गर्ने मान्छेको सेवाहरू र त्यसको विषयमा सल्लाह दिन सक्छन्।

लागुऔषध दुर्व्यसनको लागत कति हो?

वर्तमान अनुमान अनुसार अमेरिकाले लागुऔषध र मादकपदार्थको दुर्व्यसनका लागि वार्षिक $ ४१६ अर्ब तिर्ने गर्छ। यो अमेरिकाका हरेक मानिस, महिला र बच्चाको साथमा हरेक वर्ष $ १,३०० बराबर हुन्छ। युरोपमा, युरोपेली संघको १६ सदस्य देशहरूले २००८ मा लागुऔषध दुर्व्यसन समस्यामा अनुमानित 2.25 अर्ब युरो खर्छ गरे। यो समस्याको लागि रूसले $ ५४ अर्ब खर्च गरेको अनुमान छ।


ई-मेल मार्फत हाम्रो समाचार-पत्र प्राप्त गर्न नि: शुल्क साइन-अप गर्नुहोस्:

 ®
असल मानिस बन्नका लागि लागुऔषध मुक्त रहनुहोस्
अहिले सहयोग पाउनुहोस्
फोन गर्नुहोस्