प्रयोगको शर्त

प्रयोगको शर्त सम्बन्धी सम्झौता

निम्न लिखित शर्तले तपाईंको वेबसाइट प्रयोगको नियमन गर्नेछ। Narconon International (“Narconon Int”). यी प्रयोगका शर्त राम्रोसँग अध्ययन गर्नुहोस्। तपाईंले यो वेबसाइट प्रयोग गर्नु भनेको यसमा रहेका सबै शर्तको पालना गर्ने सम्झौता हो। यदि तपाईंलाई यी शर्तमध्ये एउटा वा सो भन्दा बढी शर्त अस्वीकार्य हुन्छ अथवा कुनै तवरले मान्नुहुन्न भने कृपया हाम्रो वेबसाइटमा प्रवेश नगर्नुहोस वा प्रयोग नगर्नुहोस्।

यो सम्झौता दुईभागमा विभाजन गरिएको छ। भाग एकले तपाईंले यो वेबसाइट प्रयोग गर्दाका बखतका सबै शर्तको संश्लेषण गर्छ। भाग दुईमा थप कानुनी शर्तहरू व्यवस्था गरिएका छन् जस अन्तर्गत तपाईंका उत्तरदायीहरू तथा त्यसमा रहेका सम्भावित कानुनी विवादहरूको समाधानका कुराहरू रहेका छन्। हाम्रो वेबसाइटको प्रयोग गर्दा तपाईंले यो प्रयोगका शर्तमा उल्लेख भएका सबै शर्तको पालना गर्नु पर्छ।

प्रयोगको शर्तमा परिवर्तन

यो वेबसाइटमा प्रयोगको शर्तमा परिवर्तन गरी जुनसुकै बखत शर्त परिवर्तन गर्न वा थप्ने अधिकार हामीमा रहनेछ। त्यस्ता परिवर्तनपछि यो वेबसाइटको कुनै प्रयोगको शर्तमा तपाईंको स्वीकार्यता रहेको मानिनेछ। यद्यपी, कुनै विवाद उत्पन्न भएको अवस्थामा प्रयोगको अवस्थामा रहेको शर्तमा भएको परिवर्तन अघिको अवस्था (वाध्यात्मक व्यक्तिगत मध्यस्थता प्रावधान) बमोजिम समाधान गरिनेछ।

भाग एकः वेबसाइट प्रयोगमा रहेको शर्त

संकटावस्था

यो वेबसाइट संकटावस्था प्रतिवाद अथवा संकटावस्था निरीक्षण सेवा होइन, र कुनै व्यक्ति जो संकटावस्थाप्रति सचेत छ अथवा कुनै व्यक्ति घाउ वा मृत्युको खतरासम्ममा पुगेको विश्वास भएमा र जसले आफैलाई वा अन्य व्यक्तिलाई समेत खतरा उत्पन्न गरेको अवस्था भएमा ९११ मा फोन गर्न सकिनेछ वा कुनै संकटावस्था प्रतिरोधकालई खबर गर्न सकिनेछ। NARCONON INT नार्कोनन यो वेबसाइटमा सञ्चार गरिएको कुनै पनि कुराको अनुगमन गर्न वा प्रतिवाद गर्न उत्तरदायी हुने छैन।

उमेर सीमा

यो वेबसाइट १८ बर्ष वा सो भन्दा माथिका व्यक्तिको प्रयोगको लागि उचित हुनेछ। यो वेबसाइटमा भएका कतिपय विषयवस्तु बालबालिकाको लागि उचित हुने छैनन्। १३ बर्षभन्दा मुनिका बालबालिकाको लागि यो वेबसाइट प्रयोग गर्न इजाजत छैन। हामी स्पष्टसँग भन्दछौ कि १३ बर्षदेखि १७ बर्षसम्मका बालबालिकाले यो वेबसाइट प्रयोग गर्नुपरेमा आफ्ना अभिभावकको स्वीकृति लिनु आवश्यक हुन्छ। Narconon Int नार्कोनन १८ बर्षभन्दा कम उमेरका व्यक्तिले प्रयोग गरेको खण्डमा हुने कुनैपनि उत्तरदायित्व नलिने कुराको यहाँ“ घोषणा गर्दछ।

यो वेबसाइटमा भएको कुनै जानकारी पेशागत सल्लाह होइन।

यो वेबसाइटमा रहेका सबै तथ्याङ्क, विषय, चित्र, सम्पर्क तथा अन्य सामाग्री हाम्रा वेबसाइट भ्रमणकर्ताको लागि एउटा सुविधाको विषय हो। यो वेबसाइटमा दिएको जानकारी सामान्य जानकारीको लागि र शैक्षिक उद्देश्यका लागि मात्रै हो। हाम्रो वेबसाइटमा दिइको कुनै जानकारी चिकित्सकीय वा अन्य पेशागत सेवाको लागि नभएकोले कुनै अवस्था वा संकेतको उपचारको हिसाबले प्रयोग नगर्नुहोला। हाम्रो वेबसाइटमा दिइको कुनै जानकारी चिकित्सकीय वा अन्य पेशागत सेवाको लागि नभएकोले सो सम्बन्धी कुनै व्यवस्था गरिएको छैन।

यदि तपाईंसँग कुनै स्वास्थ समस्या छ अथवा कुनै विशेष प्रश्न भए कुनै चिकित्सक वा योग्य स्वास्थ सेवा प्रदायकसँग सम्पर्क गर्न आवश्यक छ। यो वेबसाइटमा भएको वा यो वेबसाइटको सम्पर्कमा राखिएको कुनै पनि विषयका आधारमा तपाईंले कुनै पनि पेशागत सल्लाह अस्वीकार गर्न वा लिन ढिला गर्नुहुँदैन।

प्रयोगमा प्रतिबन्ध

तपाईंले यो वेबसाइटको प्रयोग त्यो अवस्थासम्म गर्नुहुनेछ जबसम्म त्यससँग सम्बन्धित रहेका कानुन, निती तथा नियमको पालना गर्नुहुन्छ।

तपाईंको गोपनीयता

यो प्रयोगको शर्त स्वीकार गरेपछि तपाईंले यो निश्चय गर्नुपर्छ कि तपाईंले पढ्नुभयो, बुझ्नुभयो र स्वीकार गर्नुभयो (१) अनलाईन गोपनीयता सूचना (२)

सामाजिक सञ्चार र अनलाईन समुदायहरू

Narconon Int नार्कोननले तेश्रो पक्षीय सामाजिक सञ्जालमा वा मञ्चमा जानकारी साझेदारी गर्ने अवसर प्रदान गर्दछ जस्तै फेसबुक, इन्स्टाग्राम, लिंकइन, टुइटर, गुगल प्लस अथवा अन्य त्यस्तैप्रकारका साइटहरू (समग्रमा सामाजिक सञ्चार क्षेत्र)। Narconon Int ‍नार्कोननले अनलाईन समुदायमा संलग्न हुने अवसर पनि प्रदान गर्दछ जस्तै सामाजिक सञ्चार सञ्जालले छलफलको आयोजना गर्दछ, कुराकानी गर्न तथा यो वेबसाईटको अन्य मञ्च प्रदान गर्दछ। उदाहरणको लागि तपाईंले आफ्नो इन्स्टाग्राम प्रयोग गरेर तपाईंको फोटो ट्याग गर्न तथा प्रकाशति गर्न सक्नुहुन्छ तपाईंले ट्याग गरेको सामाग्री पेश गर्नका लागि (“टयाग्ड कन्टेन्ट”) ह्यास ट्याग ३ नार्कोननसँगै (अथवा अन्य ह्यास ट्याग समय समयमा प्रदान गर्न सकिनेछ) हाम्रो वेबसाइटमा प्रभावकारी प्रयोग गर्नका लागि। यदि तपाईंले ह्यासटयाग ट्याग ३ नार्कोनन ‍सँगै प्रयोग गरेको सामाग्री प्रकाशित गरेको खण्डमा (अथवा अन्य हामीले ह्यासट्याग दिएको अवस्थामा) का अन्य गतिविधिहरू तथा सहभागीताहरू यी प्रयोगको शर्तले नियमन गरेको हुन्छ। अतिरिक्त रूपमा, तपाईंले पालना गर्नुपर्ने अन्य गतिविधिको रूपमा तपाईंको स्वीकृति लागू हुनेछन् जसमा अन्य शर्त तथा बन्देजहरू जस्तै इन्स्टाग्राम र अन्य सामाजिक सञ्चार साइटहरू रहनेछन्। अन्य उत्तरदायित्वहरूको सीमाभन्दा बाहिर गएर तपाईं सहमत भएमा तपाईं अरूबाट सम्मानित हुनुहुनेछ र उनीहरूको गोपनीयता र अरूका फोटोहरू स्पष्ट रूपमा प्रकट गर्ने इजातज विना पेश हुने छैनन।

यदि तपाईं कुनैमा संलग्न भएमा Narconon Int अनलाईन समुदाय, छलफल बोर्ड तथा अन्य मञ्चमा ‍सहमत हुनुहुन्छ कि कुनै कुराले पेश गरेमा तपाईंले स्वेच्छिक रूपमा प्रदान गरेको मानिनेछ, गैर गोप्यताको रूपमा र तपाईंको क्षतिपूर्ति र अनुदानको रूपमा रहने छैनन्। Narconon Int स्याथी, विश्वव्यापी, रोयल्टी नलाग्ने, हस्तान्तरण गर्न सकिने तथा उप इजाजत दिन सकिने र प्रयोगमा आउने, प्रतिलिपि गर्न सकिने तथा वितरण र परिवर्तन गर्न सकिने तथा संयुक्त तथा प्रतिलिपि गर्न सकिने कार्य जसको विवरण प्रकाशित गर्न तथा ट्याग गर्न सकिने कुनै प्रकारको फाराम। थप विश्वस्त सहमत हुनुहुन्छ कि (क) तपाईंले त्यस्तो सामाग्री जुन गाली, वेइज्जती हुने खालको, गलत, नाङ्गै, अभद्र तथा असोभनिय, आक्रामक, अर्काको अधिकारको उल्लंघन गर्ने, धम्किपूर्ण, अर्कालाई दुखदिने अथवा अर्कालाई होच्याउने र राजनितीक गालीबेइज्जती गर्ने खालका सामाग्री तथा विवरण प्रकाशित, प्रशारित वा लिंक तथा वेबसाइटमा ट्याग गर्नुहुने छैन (ख) तपाईंले त्यस्तो खालको विवरण वा फोटो प्रकाशित वा प्रशारित गर्न सक्नुहुन्छ जुन लाई प्रतिलिपि अधिकार छ अथवा विद्दयुतिय प्रतिलिपि तपाईंले सार्न पाउने इजाजत प्राप्त गर्न सक्नुभएको अवस्था छ, (ग) अर्काे पक्षको अधिकार हनन गर्ने वा अर्काको सामाग्री चोर्ने खालको वा तेश्रो पक्षको प्रतिलिपी अधिकार, टे«डमार्क, बाणिज्य गोपनीयता, गोपनीयता व्यक्तिगत, सार्वजनिक तथा नैतिक वा साम्पतिक अधिकारको अधिकारको उल्लंघन गर्न पाउने छैन,(घ) यसमा सहमत हुनुहुन्छ कि कुनै ट्याग गरेको विवरण वा सामाग्री तपाईंले प्रकाशित वा अपलोड गरेकोमध्ये तपाईंको अपनत्व रहेको अथवा प्रशारण गरेको सफ्टवेयर हुनुपर्नेछ र जुन कुनै किसिमको भाइरस वा अन्य प्रकारको हानी पुर्‍याउने खालको कोड वा यन्त्र रहेको हुनुहुँदैन, (ङ) तपाईंले अरू प्रयोगकर्ताहरूलाई वेबसाइट, अन्तरसम्बन्धित पत्रहरू अथवा सन्देश, आम इमेल तथा ठूला ठूला इमेलहरू अथवा अन्य धेरै सन्देशहरू अथवा इमेल ठेगानाहरू पठाउने प्रयोजनको लागि प्रयोग गर्नुहुने छैन तथा वेबसाइट मार्फत अन्य अन्य सन्देश वा अन्य प्रयोगकर्ताको लागि कुनै उत्पादन वा सेवा प्रयोगको लागि सल्लाह दिनुहुने छैन, (च) यदि तपाईंले वेबसाइटको ट्याग विवरण छान्नुभएमा अथवा सार्वजनिक रूपमा कुनै विवरण प्रकाशित गर्न वा कुराकानी गर्न त्यस्ता सामाग्रीहरू, सूचना, तस्वीरहरू तथा अन्य सूचना सार्वजनिक रूपमा प्रकाशित गरेमा, समूहगत क्षेत्रमा प्रकाशित गरेमा वा अन्य व्यक्तिको लागि प्रयोग गर्न प्राप्त हुने अवस्था रहेमा, वा अन्यथा प्रयास गरेको अवस्थामा अरूलाई प्रतिलिपी सार्न, सार्वजनिक गर्न, प्रकाशित वा प्रशारित गर्न तपाईंको सूचना सामाग्रीका साथमा फोटो वा अन्य सूचना तथा अन्य जेसुकै रहेको अवस्थामा, (छ) व्यक्तितग रूपमा पहिचान गरिएका कुनैपनि सूचना प्रकाशित गर्न शतर्क हुन आवश्यक छ, तथा तपाईंका आर्थिक सूचनाहरू, ठेगाना, फोन नम्बर तथा अन्य व्यक्तिगत सूचनाहरू कहिल्यै पनि आदान प्रदान नगर्नुहोस्, (छ) कहिल्यै पनि त्यस्तो सामाग्री प्रकाशित नगर्नुहोस् जसले कानुन र नियमको उल्लंघन गरोस्, (ज) अरू कुनै व्यक्तिलाई पनि नगिज्याउनोस अथवा अरू जिवित व्यक्तिलाई पहिचान नगर्नुहोस्, (झ) तपाईंको प्रकाशनले तपाईंको आफ्नै अनुभवको परावर्तत गरिरहेको हुन्छ। Narconon Int ‍नार्कोनन कसैलाई पनि अन्य प्रयोगकर्ताहरूलाई नक्कल गर्न, सार्वजनिक गर्न तथा प्रकाशित गर्न, पेश तथा प्रकाशित गर्न अथवा प्रशारित वा तपाईको कुनैपनि सामाग्रीको प्रयोग, सूचना तथा अन्य सूचना कुनै कारणबस प्रयोग गर्नबाट सचेत, सुनिश्चित गराउने वा कुनै प्रयास गर्देन, (ञ) हरेक पटक व्यक्तिगत रूपमा पहिचान गरिएका सूचना प्रकाशित गर्न सधैँ सचेत हुन आवश्यक छ तथा कहिल्यैपनि व्यक्तिगत पहिचान गरिएका सूचना तथा अन्य तपाईंका आर्थिक सूचनाहरू, ठेगाना, फोन नम्बर तथा अन्य व्यक्तिगत सूचनाहरू कहिल्यैपनि आदान प्रदान नगर्नुहोस्,(ट) कहिल्यैपनि त्यस्तो सामाग्री प्रकाशित नगर्नुहोस् जसले कानुन र नियमको उल्लंघन गरोस्, (ज) अरू कुनै व्यक्तिलाई पनि नगिज्याउनोस अथवा अरू जिवित व्यक्तिलाई पहिचान नगर्नुहोस्, (ठ) तपाईंको प्रकाशनले तपाईंको आफ्नै अनुभवको प्रतिबिम्ब गरिरहेको हुन्छ।

Narconon Int ‍नार्कोननले तपाईंको पहुँच अन्त्य गर्न वा प्रतिबन्ध लगाउन सक्छ। Narconon Int नार्कोनन समुदायको यो वेबसाइट लगायतबाट पहुँच स्थापित गर्छ।

ट्याग गरिएको विवरणको छनौट र हटाउने कार्य

Narconon Int ‍नार्कोननले ट्याग गरिएको विवरणको पुनरावलोकन गरी निश्चित विवरण वेबसाइटमा प्रकाशित गर्न सक्छ, तर हामी तपाईंको ट्याग भएको विवरण प्रकाशित नै हुन्छ भनेर हामी निश्चित गर्न सक्दैनौं। यसअघिको विवरणमा जे भनिएको भएतापनि, तपाईं आफ्नो ट्याग गरिएको विवरणमा पूर्ण रूपमा यसको प्रयोगको शर्तप्रति तथा अन्य लागू हुने शर्त तथा लागू हुने कानुनप्रति जिम्मेवार र उत्तरदायी हुनुहुनेछ। यदि तपाईंको ट्याग गरिएको विवरण हाम्रो वेबसाइटमा प्रकाशित भएको खण्डमा ट्याग भएको विवरणलाई “व्यक्तिगत” विवरण रहेको आधारमा हटाउनको लागि तपाईंको सञ्चार खातामार्फत वा इमेल मार्फत अनुरोध गर्न सक्नुहुनेछ हामीलाई अनुरोध गर्न सक्नुहुनेछ। info@narconon.org.

अनुगमन

हामीलाई वेबसाइटमा वा सम्बन्धित वेबसाइटमा रहेको तपाईंको वा तेश्रोपक्ष‍सँग सम्बन्धित कुनैपनि सम्बन्धित वेबसाइटको कुराकानी, छलफल तथा अन्य सामाग्रीहरू वा प्रकाशित वा प्रशारित विवरणको अनुगमन गर्ने दायित्व छैन। यद्यपि तपाईंले यो मान्नुपर्छ र स्वीकार्नुपर्छ कि हामीमा वेबसाइट अनुगमन गर्ने,छलफल गर्ने, कुराकानी गर्ने तथा तपाईंले प्रकाशित वा प्रशारित गरेको विवरण अनुगमन गर्ने अधिकार (तर दायित्व होइन) छ, यदि कुनै त्यस्तो (जस्तै असिमत कुनै प्रकाशन वा छलफल) कुनै विवरण संशोधन गर्न वा हटाउन, तथा उपयुक्त ढंगले वेबसाइटको सञ्चालनको लागि त्यस्तो विवरणको वातावरण तथा अवस्था सार्वजनिक गर्न वा प्रशारण गर्न, आफैलाई संरक्षण गर्न, हाम्रा दाताहरू अन्य सेवाग्राही तथा भ्रमणकर्ताहरूको अधिकार वा तेश्रोपक्ष‍सँग छलफल गर्ने तथा कानुनी उत्तरदायित्व पूरा गर्न र सरकारको अनुरोध बमोजिम काम गर्ने अधिकार छ।

प्रतिलिपी अधिकार सूचना

यो वेबसाइट यसद्वारा स्वामित्वग्रहण तथा सञ्चालन गरिएको हो। Narconon Int. यो साइटको सम्पूर्ण विवरण तथा डिजाइन अमेरिकी र अन्तराष्ट्रिय प्रतिलिपी अधिकार कानुनद्धारा संरक्षण गरिएको छ। वेबसाइटको सम्पूर्ण विवरणमा अधिकार रहेको छ। Narconon Intयसलाई इजाजत दिइएको छ, अथवा स्वीकृतिको आधारमा सञ्चालन गरिएको छ Narconon Int र यसको इजाजत प्राप्त व्यक्ति वेबसाइटमा रहेको सम्पूर्ण विवरणको साम्पतिक अधिकार सुरक्षित गरेको छ।

पूर्व स्वीकृति वा सहमतिबिना तपाईंले यसमा भएका यी विवरणमध्ये कुनैपनि सामाग्रीको प्रयोग गर्न विवरणको प्रतिलिपि लिन, पुन: प्रकाशन गर्न, लोड गर्न, प्रकाशित गर्न, प्रश्तुती गर्न तथा प्रशारित गर्न पाउनुहुने छैन। Narconon Int. तपाईंले यो वेबसाइटमा भएको मध्ये कुनैपनि सामाग्रीको केवल व्यक्तिगत, गैर व्यवसायिक तथा जानकारीको प्रयोजनको लागि एकमात्र प्रति लिंक गर्न, हेर्न, डाउनलोड गर्न, प्रयोग गर्न, प्रश्तुत गर्न पाउनुहुनेछ, त्यसमा पनिः (१) कुनैपनि प्रकारले तपाईंले त्यसलाई संशोधन वा परिवर्नत नगरेको अवस्थामा, (२) सम्पूर्ण प्रतिलिपी अधिकार, ट्रेडमार्क तथा अन्य सूचना तथा क्षमायाचना सहित: र (३) तपाईंले सामाग्रीहरूको प्रयोग गर्न पाउनुहुने छैन यदि तिनको सुझाव र संलग्नताको विषय अन्तरसम्बन्धित रहेको अवस्थामा। Narconon Int अथवा कुनै सम्बन्धित निकाय‍सँग। यस्ता सम्पूर्ण प्रतिहरू अनिवार्य संलग्न रहनुपर्ने छ, कम्तिमा, निम्न प्रतिलिपी अधिकार सूचना‍सँगः प्रतिलिपि अधिकार© Narconon International. सर्वाधिकार सुरक्षित। यो वेबसाइटको अन्य कुनै प्रयोग तथा सूचना पूर्ण प्रतिबन्ध लगाइएको छ। Narconon Int ‍नार्कोननले माथिको इजाजत जुनसुकै अवस्थामा जुनसुकै आधारमा खारेज गर्नसक्छ। तपाईंले यसमध्येको कुनैपनि शर्तको उल्लंघन गर्नुभएको अवस्थामा इजाजत तत्कालै स्वतः कुनै सूचना बिना नै खारेज हुनेछ। यो इजाजतपत्र खारेज भएको अवस्थामा तपाईंले यो साइट प्रयोग गर्न बन्द गर्नुपर्छ, सम्पूर्ण विवरण सहित र ‍सँग भएको सम्पूर्ण प्रतिहरू तथा विद्दयुतीय प्रतिहरू समेत फिर्ता गर्ने वा नष्ट गर्नुपर्दछ।

प्रतिलिपि अधिकार उल्लंघन–डिएमसिए सूचना

यदि इन्टरनेटको माध्यमबाट प्रतिलिपि अधिकारवालाहरूको अधिकार उल्लंघन भएको अवस्थामा गलत तरिकाले अधिकारको उल्लंघन भएको अवस्थामा डिजिटल मिलेनियम प्रतिलिपि अधिकार सम्बन्धी ऐन (डिएमसिए) ले प्रतिलिपि कानुन अन्तर्गत प्रतिलिपि अधिकार संरक्षणको उपचार प्रदान गर्दछ। यदि तपाईंले राम्रो उद्देश्यको लागि विश्वास गर्नुहुन्छ भने यो वेबसाइटमा रहेको कुनै विवरणले तपाईंमा रहेको कानुनसम्मत प्रतिलिपि अधिकारको उल्लंघन गरेको अवस्थामा (अथवा को प्रतिनिधिले) पठाउन सक्नुहुनेछ। Narconon Int यसमा रहेको कुनै सूचना हटाउनको लागि अथवा यसमा नदेखिने गरी ब्लक गर्नको लागि सन्देश पठाउन सक्नुहुनेछ। यो अनुरोध यस ठेगानामा पठाउनुहोसः copyright@narconon.org; वा Narconon International ७०६५ हलिउड ब्लेभ्ड, लस एन्जल्स, सिए ९००२८, युनाइटेड स्टेट्स

त्यस्तो सूचनामा निम्म बमोजिमको जानकारी हुनुपर्नेछः (क) जसको प्रतिलिपि अधिकार पहिले नै उल्लंघन भएको तपाईंको त्यस्तो व्यक्तिको वा त्यस्तो व्यक्तिको तर्फबाट काम गर्ने व्यक्तिको भौतिक वा विद्दयुतीय हस्ताक्षर, (ख) त्यस्तो प्रतिलिपि अधिकारको उल्लंघन भएको दावीको पहिचान, (ग) जुन विवरणले प्रतिलिपि अधिकार उल्लंघन भयो भनिएको हो त्यस्तो विवरणको पहिचान भएको विषय वा त्यस्तो उल्लंघन भएको कार्य,(घ) गुनासो गर्ने पक्षको नाम, टेलिफोन नम्बर र इमेल ठेगाना, (ङ) गुनासो गर्ने पक्षले प्रतिलिपि अधिकारको उल्लंघन भएको भन्ने विवरणको असल नियतद्धारा पुष्ट्याईंको लागि कुन विवरण जुनचाहिं प्रतिलिपि अधिकार उल्लंघन भयो भन्ने मानिएको हो सो र त्यसलाई प्रतिलिपि अधिकार धनी वा निजको प्रतिनिधिले अस्वीकार गरेको छ, त्यससम्बन्धी कानुन, र (च) सूचनामा भएको विवरण सही भएको र झूठो बोलेको आधारमा हुने कानुनको उल्लंघनको सजायमा कारबाही गर्न प्रतिलिपि अधिकारधनी वा निजको प्रतिनिधि सक्षम रहेको घोषणा हुनुपर्नेछ। यदि तपाईंलाई असल नियतबाट विश्वास छ कि तपाईंको विरूद्धमा यदि कुनै प्रतिलिपि अधिकार सम्बन्धी सूचना गलत ढङ्गले दर्ज गरिएको भन्ने लाग्दछ भने डिएमसिएले लाई प्रतिवाद सूचना दिने अधिकार छ। सूचना तथा प्रतिवाद सूचनाका लागि प्रचलित डिएमसिएद्धारा लागू गरिएको कानुनी अनिवार्यता पूरा गर्न आवश्यक छ। वेबसाइट‍सँग सम्बन्धित रहेको सूचना तथा प्रतिवाद सूचना माथि उल्लेखित ठेगानामा पठाउनु होला।

ट्रेडमार्क सूचना

Narconon Int नाम तथा लोगो तथा अन्य सम्बन्धित उत्पादन तथा सेवाका नामहरू, डिजाइन, नाराहरू तथा ट्रेडमार्क तथा सेवा चिह्न रहनेछन्। Narconon Int. सर्वाधिकार सुरक्षित। तपाईंलाई प्रयोग गर्ने कुनैपनि अधिकार दिइएको छैन। Narconon Int कुनै विज्ञापनको नाम र मार्क, विज्ञापन तथा अन्य कुनै सहमति विनाको व्यवसायिक आचरण। Narconon Int. वेबसाइटमा देखिएका अन्य ट्रेडमार्कहरू सम्बन्धित स्वामित्वकर्ताहरूको सम्पत्ति हो।

अनलाईन भण्डारण

Narconon Int कुनै विशेषगरी प्रकाशन गरेको अवस्थामा बाहेक अन्य उत्पादनको विवरण‍सँग सम्बन्धित हुँदैन। Narconon Int र कुनै उत्पादन तत्काल उपलब्ध छैन, खरिदगर्न योग्य अथवा अन्य विशेष प्रयोजनको लागि उपलब्ध छैन भन्ने त्यसको गारेन्टी दिइदैन।

खरिद गर्नु

वेबसाइटमा तथा वेबसाइट‍सँगको सम्बन्धमा कुनै किताब, उत्पादन, सेवा तथा अन्य वस्तुको विज्ञापन हुनसक्छ अथवा बिक्रीको लागि आव्हान हुनसक्छ। यदि कुनै वस्तु खरिद गर्न चाहनुहुन्छ भने, तपाईंले माग्न सक्नुहुनेछ। Narconon Int अथवा सम्बन्धित तेश्रो पक्षबाट निश्चित सूचना प्रवाह गर्न, तर त्यसैमा मात्रै सिमित नहुन तथा क्रेडिट कार्ड तथा अन्य भुक्तानीको सूचना‍सँग सम्बन्धित रहेका छन्। प्रदान गर्नका लागि सहमत हुनुहुन्छ। Narconon Int अथवा त्यस्तो तेश्रो पक्ष‍सँगको जानकारी जुन सत्य, भरपर्दो र पूर्ण तथा हालको र तपाईंको सहमति‍सँग सम्बन्धित रहेको प्रयोगको शर्त तथा बन्देज अन्तर्गत रहेको तपाईंले कुनै उत्पादन तथा सेवाको लागि गरेको सहमतिको अन्तर्गत रहेको हुनुपर्छ। Narconon Int ‍नार्कोनन तपाईंले गरेको कुनैपनि खालको असुरक्षित समाचार प्रवाहको लागि र त्यस्तो प्रसारण ठेगानाको लागि जिम्मेवार छैन। तपाईंको खाता, क्रेडिट कार्ड अथवा अन्य भुक्तानीका मेसिनबाट हुने कुनैपनि खालको गतिविधिको लागि तथा त्यसबाट हुने परिणामको लागि उत्तरदायी साथै अन्य लागू हुने करको लागि उत्तरदायी हुनुहुनेछ। कुनै वस्तुको मुल्य बिना सूचना समेत परिवर्तन हुन सक्छ र कुनै आदेश हामीबाट स्वीकार्य हुन सक्नेछ जबसम्म कुनै उत्पादन हामीबाट तपाईंसम्म पुर्‍याएको हुँदैन। हामी तपाईंलाई पुर्‍याएको अवस्था वा मुल्य राखेको वा कुनै गल्ति भएको अवस्था वा कुनै त्रुटि वा समयावधि समाप्त भइसकेको अवस्थाका आधारमा जुनसुकै बेला पनि सुधार गर्न सक्छौं।

हामी पूर्व सूचना बिना पनि वेबसाइटमा (सामुहिक रूपमा “उत्पादन सहयोग”) अथवा कुनै उत्पादनको परिणाम वा सेवा तथा तपाईंलाई दिने सेवाको विषय अस्वीकार गर्ने विषयमा पूर्व सूचना बिना पनि परिवर्तन गर्न, इमेल बनाउन तथा सूचिकृत गर्न, अथवा लिंक तथा अन्य सन्दर्भका क्रममा उत्पादन र सेवाहरूका अधिकार सुरक्षित गरेका गर्छौं।

सुरक्षा

हामीले कुनै प्रकारको दुर्घटनाबाट तथा अनधिकृत पहुँच, प्रयोग, परिवर्तन तथा सार्वजनिकीकरणबाट तपाईंको व्यक्तिगत जानकारी सुरक्षित गर्न प्रशासनिक, प्राविधिक तथा भौतिक सुरक्षाका उपायहरू अबलम्बन गरेका छौं। यद्यपि, अनधिकृत तेश्रो पक्षले त्यस्ता प्रकारका उपायहरूको उल्लंघन गर्न वा गलत उदेश्यका लागि तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्न सक्दैनन भनेर हामी गारेन्टी दिन सक्दैनौं। तपाईंले यो मान्न तयार हुनुपर्छ कि तपाईंको व्यक्तिगत जानकारी तपाईंको आफ्नै जिम्मेवारीमा दिँदै हुनुहुन्छ।

भाग २: थप कानुनी शब्दावली

प्रतिनिधित्व र सुनिश्चिचता

तपाईंले प्रतिनिधित्व गर्नुहुन्छ र हामीलाई विश्वस्त बनाउनुहुन्छ किः (क) कम्तिमा १८ बर्षको हुनुभयो, र (ख) तपाईंले यो वेबसाइटको प्रयोग गर्दा यी प्रयोगका शर्तहरूको पालना हुनेछ।

वारेन्टी छैन

यो वेबसाइटको प्रयोग तपाईंको आफ्नै खतरामा प्रयोग गर्नुहोस्। लागू भएको कानुले इजाजत दिएको अवस्थासम्ममा, वेबसाइट र सेवाको कुनैपनि सुनिश्चितता बिना सेवा प्रदान गरिएको छ जुन प्रकट गरिएको वा नगरिएको जुनसुकै अवस्थाको समेत हुनसक्छ तर त्यसमा सिमित भएको हुनेछैन र कुनै निश्चित प्रक्रियाको लागि सुस्पष्ट र गैर उल्लंघन हुने अवस्थामा समेत खरिददारीको लागि कुनै सीमा राखिएको छैन। कुनै लिखित वा मौखिक प्रकारको कुनैपनि जानकारी वा सल्लाहबाट लिइएको छैन। NARCONON INT अथवा यो वेबसाइटको सम्पूर्ण रूपमा यहाँ “स्पष्ट रूपमा उल्लेख गरिएभन्दा बाहेक पनि सुनिश्चितता गरिनेछ। यसभन्दा माथि पहिल्यै सिमित गरिएकोभन्दा बाहेक, NARCONON INTयसको प्रयोगकर्ताहरू, प्रदायकहरू अन्तर-सम्बन्धितहरू, सरोकारवालाहरू, प्रतिनिधिहरू, निर्देशकहरू र कर्मचारीहरूले विवरण सत्य, भरपर्दो तथा सही भएको कुरामा भर पर्नुहुँदैन र यो वेबसाइटले को आवश्यकतालाई पूरा गर्नेछ, यो वेबसाइट कुनै निश्चित समय र स्थानमा उपलब्ध हुनेछ, यो वेबसाइट जुनसुकै स्थान र समयमा उपलब्ध हुन सक्नेछ, सुरक्षा अविच्छिन्न रहनेछ, कुनै खराबी र समस्याको समाधान हुनेछ, अथवा यो वेबसाइट कुनै प्रकारको भाइरस वा नोक्सानीजन्य तत्वबाट मुक्त छ। डाउनलोड गरिएको कुनै विवरण अथवा अन्य तरिकाले यो वेबसाइटको प्रयोग गरिएको अवस्था आफ्नै खतरामा यो डाउनलोड हुनसक्छ जुन सम्पूर्ण रूपमा नष्ट हुने कुनै कुराको लागि सम्पत्ति तथा त्यस्तो डाउनलोडको आधारमा कुनै नोक्सानीको उत्तरदायीत्व हुनसक्छ।

NARCONON INT ‍नार्कोननले तेश्रो पक्षको विज्ञापन वा अर्डरमा यो वेबसाइटको माध्यमबाट कुनैपनि उत्पादन वा सेवाको लागि सुनिश्चित, स्वीकृति वा सुस्पष्ट गर्ने कुनै दायित्व बहन गर्दैन तथा कुनै अन्य हाइपरलिंक वेबसाइट वा सेवा वा अन्य कुनै व्यानरको पिचरका आधारमा विज्ञापन वा अन्य कुनै सेवाको दायित्व ब्यहोर्दैन, र NARCONON INT कुनै कारोबारको पक्ष वा र अर्को तेश्रो पक्षका बीचमा भएको कुनै कारोबारको अनुगमन गर्ने छैन जसले कुनै उत्पादन वा सेवा प्रदान गरेको किन नहोस्।

क्षतिपूर्ति

यो वेबसाइटको भ्रमणबाट, तपाईं क्षतिपूर्ति बचाउ गर्न तथा कसैलाई कष्टप्रति सहमत हुनुहुन्छ NARCONON INTर कुनै संलग्नताप्रति NARCONON INT कुनै निकाय, यसको अधिकृतहरू, निर्देशकहरू, कर्मचारीहरू, एजेन्ट तथा प्रतिनिधिहरू (संयुक्त रूपमाNARCONON INT पक्षहरू”) सबै प्रकारका दावीको पक्ष र विपक्षमा, कार्यहरू, दायित्वहरू, निर्णयहरू, समाधानहरू, मुल्यहरू, घाटाहरू, नोक्सानीहरू, कर आकलन, जरिवाना, ब्याज तथा खर्च (सिमित र सोबाहेकको खर्च, उचित वकिल खर्च समेत) ले यो वेबसाइट प्रयोग गरेवापतको कुनै प्रत्यक्ष, अप्रत्यक्ष, घटित, त्यस‍सँग अन्तरसम्बन्धित, विशेष, उदाहरणयोग्य, दण्डात्मक तथा अन्य दावी सिमित वा असिमित सहीत, गाली बेइज्जती, सार्वजनिकीकरण वा गोपनीयताको उल्लंघन तथा प्रतिलिपी अधिकार वा ट्रेडमार्कको उल्लंघन, ले पेश गरेको कुनै विवरणको नियमन, अन्य सामाग्रीको ट्याग गरिएको विवरण, कुनै आर्थिक क्षति, नाफामा हुने नोक्सानी तथा व्यवसायमा भएको क्षति, कम्प्युटर प्रणालीको तथ्याङ्क, कुनै विवरणको विश्वास हुनेगरी भएको कुनै क्षतिको विषय तथा त्यसमा भएको खण्डिकरण, त्यसको क्षति, भाइरस, ढिलाई तथा कुनै किसिमको गल्ति तथा कुनैप्रकारको राय यदि लाई पहिल्यै दिएको भए। NARCONON INT त्यस्ता दावीमा हुने संभावना

दायित्वको सिमा र क्षतिहरू

वेबसाइटको कुनै सेवामा तपाईंको कुनै असन्तुष्टीको उपचार तथा यसको प्रयोग वा सेवामा रोक तपाईं सहमत हुनुहुन्छ कि कुनै पनि हालतमा NARCONON INT यो वेबसाइटमा भएको तपाईंको कुनै प्रयोग कुनैपनि सामाग्राीको प्रयोगमा भएको कमजोरीप्रति कुनै पक्ष कुनै क्षतिको लागि उत्तरदायी हुनेछ। यो संरक्षणले कुनै दावी, सुनिश्चितता, करार, क्षति तथा कडा दायित्व तथा अन्य कुनै कानुनी सिद्धान्त बमोजिम भराउने काम गर्दछ। यो संरक्षणले सबै प्रकारका दावी जस अन्तर्गत सीमाबाहिरका प्रत्यक्ष वा अप्रत्यक्ष, विशेष, घटनाजन्य, विश्वासमा भरपरेका, नमूनायोग्य तथा दण्डात्मक क्षति, व्यक्तिगत चोट, गलत मृत्यु नाफामा हुने नोक्सानी तथा तथ्याङ्क हराएका कारण हुने क्षति तथा व्यवसायमा हुने रोकावट आदि।

विवादहरू

यदि कुनै प्रकारको विवाद उत्पन्न भएमा, हामी महसुस गर्ने र तपाईंको सन्तुष्टिको लागि चाँडै समाधानको प्रयास गर्नेछौं। कुनै विवाद परेमा info@narconon.org सम्पर्क गर्नुहोस्। हामीले तपाईंको सरोकार सम्बोधन गर्न सकेनौ भने हामी व्यक्तिगत तर्फबाट हुने मध्यस्थताको माध्यमबाट विवाद समाधानको प्रकृयामा जान सहमत छौं। तपाईंको बिचको “विवाद” Narconon Intतपाईं र तपाईंको बिचमा कुनै दावी, झण्झट वा विवाद (करार, क्षति, सामान्य, कानुन अथवा अन्य कानुनी सिद्धान्त (समेत) वा यो प्रकृया‍सँग सम्बन्धित आपूर्तिकर्ता, इजाजतपत्र प्राप्त व्यक्ति तथा उनीहरूका अन्तरसम्बन्धीहरू, एजेन्ट, निर्देशक वा कमर्चारीहरूले प्रयोगको शर्तको परिभाषा गरेका छन्। Narconon Int हामीहरूको सम्बन्धप्रति प्रयोगको शर्तसँग सम्बन्धित रहेको तथा त्यसमा मात्रै सिमित नरहेको (यसको उल्लंघन, खारेज तथा व्याख्या) रहेका छन्। Narconon Int विज्ञापन र कुनै प्रयोगका Narconon Int सेवाहरू

व्यक्तिगत मध्यस्थताको दायित्व

र Narconon Int सबै विवादहरूको मध्यस्थताको लागि सहमत हुनुहुन्छ। मध्यस्थता अदालतमा दायर हुने मुद्दाभन्दा धेरै फरक हुन्छ र विवादको चाँडो समाधान गर्न सकिन्छ। न्यायाधीश र जुरीको सट्टामा मुद्दाको निर्णय स्वतन्त्र मध्यस्थताबाट गरिन्छ जससँग अदालतबाट दिइने क्षतिपूर्तिको भुक्तानी गराउने सम्म अधिकार हुन्छ। यो सम्झौता अन्तर्गतको मध्यस्थता व्यक्तिगत आधारमा हुन्छ, पक्ष मध्यस्थ, पक्ष कारबाही, निजी महान्यायाधीवक्ता कारबाही तथा अन्य मध्यस्थताको अनुमति हुने छैन र अन्य मध्यस्थ‍सँग ‍सँगठित रहेको हुँदैन। र तपाईंले आफ्नो अधिकार गुमाएको अवस्था हुनेछ जुरीले तपाईंको मुद्दामा दिएको निर्णयको आधारमा जो पक्षको विरूद्धमा अभ्यास भएको हुन्छ। NARCONON INT. यदि यो मध्यस्थ सम्झौताको कुनै व्यवस्था कार्यान्वयन गर्न नसकिने खालको रहेछ भने, कार्यान्वयन हुन नसक्ने व्यवस्था गरिनेछ र बाँकी रहेको मध्यस्थको शर्त कार्यान्वयन गरिनेछ (तर कुनै पनि मुद्दामा पक्षको मध्यस्थ रहनेछ)। सबै विवादहरू अन्तिम रूपमा समाधान हुनेछन् र स्वतन्त्र तरिकाले व्यक्तिलाई व्यक्तिगत रूपमा मध्यस्थ र अमेरिकी मध्यस्थकर्ता एसोसिएशनको एकल मध्यस्थबाट हुनेछ (www.jamsadr.org) अथवा जेम्स (www.jamsadr.org) उक्त फारामको व्यवस्था र लागू रहेको मध्यस्थ नियम बमोजिम हुनेछ। उपभोक्ताका दावी (व्यक्तिहरू जसको कारोबार व्यक्तिगत, पारिवारिक र घरपरिवारको प्रयोगको लागि हुनेछ) उनीहरूको दावीलाई अगाडि बढाउनको लागि निर्वाचित गरिनेछ जसको स्थानीय साना दावीका सन्दर्भमा र त्योभन्दा बाहेकमा मध्यस्थता रहनेछ। संघीय मध्यस्थ सम्बन्धी ऐन, ९ संयुक्त राज्य अमेरिका १-१६ पूर्ण रूपमा कार्यान्वयन हुनेछ। यदि तपाईंले कुनै व्यक्तिगत रूपमा उपभोक्ता दावी लिएर आउनुभएको छ भने, पारिवारिक वा परिवारको प्रयोगमा, कुनै मध्यस्थताको सुनुवाई मुलुकभित्र गरिनेछ वा जुन समुदायमा रहनुभएको छ त्यस्तो स्थानमा गरिनेछ। अन्यथा, कुनै मध्यस्थको सुनुवाई लस एन्जलस, क्यालिफोर्निया वा अन्य प्राकृतिक रूपमा सहमत भएको स्थान र मध्यस्थकर्ताले तोकेको स्थानमा हुन सक्नेछ। मध्यस्थकर्ताले दिएको विचार पक्षहरूको लागि बाध्यात्मक हुनेछ र जुन निर्णयको रूपमा समेत कुनै सक्षम अदालतमा प्रवेश गर्न सक्नेछ। यदि तपाईंको कुनै दावी लागू भएमा वकिलको शुल्क तिर्नको लागि कानुनी रूपमा बाध्य हुनुहुनेछ र तपाईंले मध्यस्थकर्ताबाट त्यस्तो शुल्क भराउन सक्नुहुनेछ। तपाईंले छुट्कारा पाउन चाहेको दावीका लागि, Narconon Int त्यस्तोमा तपाईंले वकिलको शुल्क तिर्न आवश्यक छैन, यदि शुल्क जुनसुकै रूपमा तोकिएको होस् जबसम्म मध्यस्थकर्ताले तपाईंको दावीमा सहमत हुन सकिने निर्धारण गरेको हुँदैन। यो मध्यस्थ व्यवस्थाको उद्देश्यमा तपाईं लगायत Narconon Int अन्तर सम्बन्धितहरू, सम्बन्धितहरू, एजेन्टहरू, कर्मचारीहरू, पूर्वाधिकारीहरू, उत्तराधिकारीहरूमा तोकिएको हुनेछ। माथि उल्लेख भएका मध्यस्थका व्यवस्थाहरूमा दावी छाडेको अवस्थामा, तपाईं यस कुरामा सहमत हुनुहुन्छ कि न्यायिक प्रक्रिया (सामान्य दावीभन्दा बाहेकका कारबाही उपभोक्ताका मुद्दामा) मा ल्याइनेछन् र ले यहाँ“ सहमति दिनुभएको स्वतन्त्र क्षेत्राधिकारको लागि कि लस एन्जलस, क्यालिफोर्नियाको सिटी अदालत वा काउन्टी अदालतमा अथवा क्यालिफोर्नियाको केन्द्रिय जिल्ला संघीय अदालतमा रहनेछ।

क्षेत्राधिकार र स्थान

निम्न मार्फत जानकारी दिइनेछ Narconon Intको वेबसाइट प्रयोगकर्ताहरूसम्म लक्षित छैन कुनै निश्चित समुदायसम्म न त कुनै क्षेत्राधिकारमा व्यापार गर्नका लागि नै लक्षित छ।

यो वेबसाइट प्रदान गरिएको एउटा सेवा हो Narconon Int र क्यालिफोर्निया राज्य बाहेकको कुनै क्षेत्राधिकारका लागि सम्पर्क प्रदान गरिने छैन। यो वेबसाइटको प्रयोग कुनै क्षेत्राधिकारमा प्रतिबन्धित गरिनेछ जुन ठाउँको कानुनले त्यसको सम्झौताको पूर्ण वा आंशिक रूपमा उल्लंघन गरेको होस् वा वेभसाइको पहुँचलाई गैरकानुनी ठहर गरेको नै किन नहोस्। यस्तो क्षेत्राधिकारका प्रयोगकर्ताहरू र यो वेबसाइटको भ्रमण उनीहरूको आफ्नै जिम्मेवारीमा मात्रै हुनेछ। नोटः यो सम्झौताको कुनैपनि भागले सिमितताको बाहिर, स्वतन्त्र क्षेत्र तथा उचारको व्यवस्था तथा सुनिश्चितताको दावी रहनेछ।

यो सम्झौता संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा यो सम्झौता गरियो र सम्पन्न भयो। यो क्यालिफोर्निया राज्यको कानुन बमोजिम भएको छ र उक्त राज्यको कानुनका प्रावधानको आधारमा यो रहनेछ। यो सम्झौता बमोजिमको कुनै प्रत्यक्ष वा अप्रत्यक्ष दावी वा कामको सन्दर्भमा उठेको कुनै विषय र क्यालिफोर्नियामा रहेकोमा दुवै पक्षले आफ्नो सुस्पष्ट क्षेत्राधिकार क्यालिफोर्निया राज्यको जिल्ला अदालतमा बसेको संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस काउन्टी, क्यालिफोर्निया रहनेछ। दुवै पक्षले यी क्षेत्राधिकार, स्थान र उचित स्थानको विषयको असन्तुष्टिको दावी छाडेका छन्।

जानकारीको लागि अनुरोध

तपाईंले सम्पर्क गरेमा Narconon Int र हाम्रो कार्यक्रम र सेवाको लागि अनुरोध गरेमातपाईंले मागेको जानकारी उपलब्ध गराउनको लागि हामी तपाईंको इमेल वा हुलाकी ठेगानाको प्रयोग गर्दछौं। यदि तपाईं सहमत भएमा तपाईंले साझेदारी गरेको वा प्रदान गरेको सूचना हाम्रो विवरण (३) र अनलाईन निती सूचना (४) बमोजिम हामी दिन सक्छौं।

विवाद सुरू गर्दाको सीमा

कानुन बमोजिम अन्य कुरा आवश्यक भएकोमा बाहेक, कुनै कारबाही अथवा तपाईंले कुनै विवादमा कार्यविधि गर्न कुनै कुरा भएको अवस्थामा एक बर्षमा सुरू गरिसक्नुपर्दछ।

अन्य वेबसाइटका लिङ्कहरू

यो Narconon Int वेबसाइटले तेश्रोपक्ष‍सँग तपाईंलाई सजिलो हुने आधारमा लिंक राख्दछ। कुनै वेबसाइटको संलग्नता लिंक स्वीकृति, पारित वा सुझावको रूपमा लिन सकिन्छ। Narconon Int. तपाईंको कुनै वेबसाइटमा आफ्नै खतरामा पहुँच हुने भएकोले र सो वेबसाइटको यी प्रयोगको शर्तमा भएको शर्त तथा बन्देजले नियमन गरेको हुँदैन। Narconon Int ‍नार्कोननले प्रष्ट रूपमा त्यस्ता दायित्व अस्वीकार गर्दछ। हाम्रो वेबसाइटबाट त्यस्तो लिंकबाट अर्को वेबसाइटमा जानु परेमा यो सम्झनुहोस् कि, हाम्रो (५) अनलाईन गोपनीयता निती (६) र (७) गोपनीयताको नितीको सूचना (८) कार्यान्वयन हुनेछैन। तपाईंले अन्य वेबसाइट ब्राउज गरेको वा अन्तरक्रिया गरेको आधारमा जो‍सँग हाम्रो वेबसाइटको लिंक भएकोमा त्यस्तो वेबसाइटको आफ्नै नियम र निती हुनुपर्ने मानिन्छ।

डाउनलोड गर्न सकिने फाइल र इमेल

Narconon Int ‍नार्कोननले डाउनलोड गर्न प्राप्त भएको कुनै इमेल वा फाइल भाइरसबाट स्वतन्त्र वा अन्य कुनै तरिकाबाट तपाईंको कम्प्युटरमा भएको तथ्याङ्कलाई बिग्रार्ने वा खराब गर्ने छैन भन्ने विषयमा गारेन्टी दिन सकिदैन। आफ्नो तथ्याङ्कको उपयुक्त संरक्षणात्मक उपाय अबलम्बन गर्न र सत्यताको परीक्षण साथै आफ्नो तथ्याङ्कको ब्याक अप राख्नको लागि तथा अन्य रूपमा कुनै तरिकाले तथ्याङ्क हराएमा त्यस्तो तथ्याङ्कलाई सुरक्षित गर्नको लागि उत्तरदायी हुनुहुनेछ। Narconon Int तपाईंले वेबसाइटको प्रयोगको कारणले तपाईंको कम्प्युटरमा हुने कुनैपनि प्रकारको खतरा वा नोक्सानीको लागि नार्कोनन जिम्मेवार छैन।

अन्य प्रावधानहरू

यो प्रयोगको शर्तमा भएको अवस्थामा बाहेक, यी प्रयोगका शर्तहरू नै जानकारीका लागि र अर्को पक्षबिच तपाईंले गरेको व्यहोराका आधारमा यो पत्याउन सक्छ। Narconon Intर उनीहरूले सम्पूर्ण खालको दायित्वको चर्चा गर्दछ। Narconon Int र यसको बिक्रेता तथा आपूर्तिकर्ता (प्रोसेसर लगायत) र तपाईंको पहुँच र वेबसाइटको प्रयोगको आधारमा तपाईंको विशेष रेमिडी। ‍नार्कोननको सम्झौता वा निती, प्रयोग शर्तंहरू बाँझिएको अवस्थामा Narconon Int ‍नार्कोननको सम्झौता वा निती, प्रयोग शर्तंहरू बाँझिएको अवस्थामा यी प्रयोगका शर्तहरू लागू हुनेछन्। यी प्रयोगका शर्तको कुनै प्रावधान अवैध भएमा वा कार्यान्वयनको लागि कानुनतः असम्भव भएमा त्यस्तो प्रावधान बमोजिम उद्देश्य प्राप्तिका लागि वर्तमान कानुनबमोजिम सम्भव भएसम्म र त्यसलाई परिवर्तन वा व्याख्याबाट पूर्ण रूपमा कार्यान्वयन गरिनेछ। शीर्षकहरू तपाईंको उपर्युक्तताको लागि राखिएका छन् र यी प्रयोगका शर्तका लागि व्याख्या गर्नका लागि भनेर विचार गरिने छैनन्। यी प्रयोगका शर्तले ती अधिकारहरूलाई सिमित गर्दैनन् Narconon Int जुन वाणिज्य गोपनीयता, प्रतिलिपि अधिकार, पेटेन्ट र अन्य कानुन अन्तर्गत हुन सक्छन्। कुनै अधिकार वा यी प्रयोगका शर्तको व्यवस्थाले त्यस्तो अधिकार र व्यवस्थाको समाप्त हुने छैन। यी प्रयोगका शर्तको कुनै शर्त छाड्नाले पछिका अधिकारहरूलाई पनि छोड्ने र अन्य शर्तहरूलाई पनि छाड्ने कार्यको रूपमा लिन सकिन्छ।

निर्धारित कार्य

पूर्व लिखित सहमति बिना यो सम्झौता बमोजिम तपाईंले कुनै अधिकार वा दायित्वको जिम्मा दिन सक्नुहुने छैन। Narconon Int ‍नार्कोननले यो सम्झौताको सबै भागलाई जिम्मा दिन सक्छ।

अस्तित्व

यो सम्झौताको सबै भागहरू जुन उनीहरूको प्रकृतिका आधारमा अस्तित्वका लागि बनेका हुन्छन् र तिनीहरूको समाप्ती वा यो सम्झौता भङ्ग हुने अवस्थाबाट बच्नका लागि जस अन्तर्गत क्षतिपूर्ति र त्यो मात्रै होइन सिमितताको उत्तरदायित्वको व्यवस्थाहरूका आधारमा अस्तित्वमा रहेको हुन्छ।

अधित्याग

यी शर्तमध्ये कुनैपनि अधित्याग कार्य थप पछिसम्म रहने हुनसक्छन् अथवा यस्तो शर्त तथा बन्देजको अवस्थामा र अन्य कुनै शर्त तथा अवस्थाका आधारमा अधित्याग गर्ने कार्य नियमित रहनेछ।

सूचनाहरू

तपाईं यस कुरामा सहमत हुनुहुन्छ कि तपाईंले केही वा सबै सूचनाहरू इमेल, टेलिफोन, फ्याक्स वा अन्य कुनै माध्यमबाट दिनुहुनेछ।

समाप्ती

कुनै अदालत वा ट्रिब्युनलबाट यो सम्झौताको कुनै व्यवसथा कार्यान्वयन हुन नसक्ने अवस्थाको देखिएमा त्यस्ता प्रावधान आवश्यकताअनुसार या त सिमित गरिनेछ या हटाइनेछ न्यूनतम आधारको अवस्थामा र यो सम्झौताको पूर्ण कार्यान्वयनको लागि यसलाई जारी राखिनेछ।

पूर्ण सम्झौताः संशोधन

तपाईंको बिचमा यो सम्झौताको पूर्ण सम्झौता बनेको हुनेछ। Narconon Int यसको विषय वस्तु कार्यान्वयन हुनेछ। अन्यन्त्र उल्लेख भएको अवस्थामा बाहेक यो सम्झौतामा संशोधन गरिने छैन।

विवाद सम्बन्धी शर्तहरू

यो वेबसाइटमा भएका कुनै मिलेको छैन वा यस सहमती प्रयोगको शर्को विरूद्ध छ भने यस सहमतीको शर्तद्वारा अतिष्ठित गरिन्छ।

सम्पर्क सूचना

तपाईंले सम्पर्क गर्न सक्नुहुनेछ। Narconon Int प्रयोगको शर्त सम्बन्धी कुनै प्रश्न वा सरोकार सम्बन्धमा निम्न ठेगानामा सम्पर्क गर्नुहोस्:

Narconon International

L७०६५ हलिउड बेल्भेड, लस एन्जल्स, सिए ९००२८
इमेल info@narconon.org