५० वर्ष देखि

लागुऔषध मुक्त जीवन बनाउन सेवामा समर्पित

नार्कोनन, (अर्थात लागूपदार्थ रहित) लागुऔषध र मादकपदार्थ सुधार कार्यक्रम सबै दुर्व्यसन अन्त्य गर्न चाहने, उत्पादनशील र लागुऔषध मुक्त जीवन जिउन चाहने सबैका लागि खुला छ।

यो नार्कोनन कार्यक्रमले लागुऔषधको दुर्व्यसन असर शरीर र मस्तिष्कमा कम गरेरमात्र होइन, यसले उक्त व्यक्ति किन लागुऔषध तर्फ लाग्यो भन्ने पनि पत्ता लगाएर कार्य गर्दछ। जसको परिणाम स्वरूप दशौं हजार मानिसहरूले आज नार्कोनन कार्यक्रमबाट लागुऔषध मुक्त नयाँ जीवन पाएका छन्।

नार्कोनन कार्यक्रम साइन्टोलोजी धर्मका संस्थापक एल. रोन हब्बर्डका खोजहरू र लेखनहरूमा आधारित छ। तर, नार्कोनन एक गैर-धार्मिक संस्था हो र एउटा व्यक्ति यो कार्यक्रमद्वारा एक साइन्टोलोजिस्ट बन्ने छैन।

हब्बर्डले लागुऔषध दुर्व्यसनको खोज सन् १९६० को दशकमा सुरू गर्नुभयो। यसको परिणाम कार्यक्रममा सहभागी व्यक्तिहरू लागुऔषध मुक्त भए।

नार्कोनन केन्द्रहरूले यी पत्ता लगाइएका उपायहरूका माध्यमले सहभागीहरूलाई शारीरिक तथा मानिसक दुर्व्यसनका कारणहरूलाई जित्न, र अझ महत्वपूर्णरूपमा लागुऔषधको गहिरो असरका कारणले लागुऔषध पुन लिनसक्ने जोखिमलाई समाप्त पार्दै दिर्घकालीन लागुऔषध मुक्त जीवनका लागि सहयोग गर्दछन्।

अहिले नार्कोननसँग विश्वव्यापी रूपमा ४९ वटा आवासीय सुधार केन्द्र रहेका छन्। ओक्लाहोमाको नार्कोनन ऐरोहेड नार्कोननको अग्रणी लागुऔषध सुधार र अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र हो। यो लागुऔषध सुधार सेवाहरूको साथै प्रशिक्षण र विश्वभरका सुधार केन्द्रका पेशेवरहरूको लागि तालिम प्रदान गर्दछ।

अफ्रिका, अष्ट्रेलिया, क्यानडा, युरोप, संयुक्त अधिराज्यमा रहेका महादेशीय नार्कोनन केन्द्रहरूले समग्र क्षेत्रमै लागुऔषध सुधार र तालिम सेवा प्रदान गर्दछन्।

क्यालिफोर्निया नजिकैको ओजैमा, कला तथा समाजका विशिष्ट व्यक्तिहरूको आवश्यकता अनुसार सेवा पुर्‍याउन एउटा छुट्टै किसिमको नार्कोनन सुविधा केन्द्र स्थापना गरिएको छ।

भवन क

विश्वव्यापी सञ्जाल

नार्कोननले सुधार सेवा मात्र नभएर समुदायहरूमा गएर लागुऔषधको प्रयोग र दुर्व्यसन सुरू हुनु अगावै नियन्त्रण गर्ने काम गर्दछ। नार्कोनन लागुऔषध विशेषज्ञहरूले लागुऔषध तथा लागुऔषध दुर्व्यसन सम्बन्धमा लाखौं युवा तथा प्रौढहरूलाई लागुऔषध लिनबाट रोक्न सशक्त जानकारी दिएका छन्।

क्षेत्रीय नार्कोनन केन्द्र
कन्टिनेन्टल नार्कोनन केन्द्र
फ्लागसिप नार्कोनन

यो प्रकाशनले नार्कोनन कार्यक्रमको झण्डै पाँच दशक लामो सञ्चालन तथा उपलब्धिहरूको समग्रतालाई प्रतिनिधित्व गर्दछ। यहाँ को कार्यक्रमको अतुलनीय घटकको विवरण छविथड्रव्ल, शुद्धिकरणजीवन कौशल,सँगैशुद्धिकरणको तस्विर प्रतिनिधित्व घटकर एउटानार्कोनन सुधार केन्द्रको चौडाईको दृश्यसंसार भरी सञ्चालन न्यु मोडेल कन्टिनेन्टलको साथमा नार्कोनन केन्द्रले प्रशिक्षण सँगसँगै र सुधार विशेषज्ञको प्रशिक्षण साथ साथै सुधार कार्यक्रम प्रदान प्रदान गर्छ।

कुलतमा परेका व्यक्तिहरूलाई कुलत मुक्त भएको देखेको व्यक्ति, परिवार तथा समुदायको दृष्टिकोण शायद सर्वाधिक महत्वपूर्ण हो। कार्यक्रमका सफल भएकाहरू, उनीहरूका प्रियजन, र नागरिक, सरकार र दुर्व्यसन अधिकारीहरू नार्कोनन कार्यक्रमको माध्यमबाट हासिल सफलता र दिर्घकालीन समाधानको विषयमा बोल्दछन्।