हिरोइन बाट छुट्कारा पाउनु

नार्कोननमा आउनुअघि म हिरोइनको कुलतमा नराम्ररी फसेको थिए। त्यो मेरो रोजाइको लागुऔषध थियो। अरू कुनै रहर थिएन। हिरोइन प्राप्त गर्ने र प्रयोग गर्ने काम मात्र गर्थे। मलाईं जीवन र मेरो जीवनसँग जोडिएका मानिसप्रति कुनै मोह थिएन। म आफ्नो बारेमा मात्र सोच्थे। एक दिन ओभरडोजले मलाईं मृत्युनजिक पुर्‍यायो। म एउटा नदीमा डुबेँ। मैले लगभग साढे तीन मिनेटसम्म सास फेर्न सकेन। त्यसबेला मैले आफूलाई सहयोगको आवश्यकता छ भन्ने महसुस गरे।

जब म नार्कोनन गए, त्यहाँ भएका सबै व्यक्तिहरू निकै सम्मानका साथ पेस आए। ती मानिसहरू साँच्चिनै मेरो जस्तै अवस्थाबाट गुज्रेका थिए। मैले कस्तो समस्या भोगिरहेको छुँ भनी उनीहरू बुझ्न सक्छन्। उनीहरूले यस्तो समस्या भोगेका र देखेका थिए। उनीहरूले यस्तो जीवन भोगिसकेका थिए।

अलि अनौठो लाग्न सक्छ तर मैले कार्यक्रम पूरा गरेपछि आफूलाई एउटा जिम्मेवार व्यक्ति रहेको महसुस गरे। कार्यक्रम सुरू गर्नुअघि मैले सम्पन्न गरेको कुरा भनेको जेल सजाय थियो जुन कुनै गर्वको विषय होइन। तर मैले यहाँ आएर हरेक कुरा पूर्णरूपमा सम्पन्न गरे।

तपाईं मलाईं अहिले चिन्न सक्नुहुनेछैन। म आफूसँग कहिल्यै खुशी थिएन, आफू र आफ्नो क्षमतामा कहिल्यै आत्म-विश्वास महसुस गरेन। अहिले म आफूलाई फेरि ऐनामा हेर्न सक्छुँ र "मेरो वास्तविक व्यक्तित्व यो हो र यो काम गर्न गइरहेको छुँ” भनेर भन्न सक्छुँ।

थप भिडियोहरू