"परिवार र आफूलाई नै फिर्ता पाए"

आफूलाई सुधार्ने यो मेरो जीवनकै अन्तिम मौका थियो भन्दा फरक पर्दैन। मेरो मतलब कि त म जेलमा हुन्थे अथवा मरिसक्थे।

किनभने ६ वर्षसम्म प्रत्येक दिन हिरोइन प्रयोग गर्दा म निकै गम्भीर अवस्थामा पुगिसकेको थिए।

म केवल आफ्नो बारेमा मात्र सोच्ने गर्दथे। मेरा तीन छोरी थिए र मेरा आमा, बुबा, दिदीबहिनी सबै थिए तर पनि मलाईं यो कुराले कुनै फरक पर्दैनथ्यो। उनीहरू भएर पनि मैले उनीहरूलाई आफ्नो जीवनमा महत्व दिएन।

तर, यो कार्यक्रमको दौरान मैले ती कुरा पुनर्जन्मको रूपमा पाए र मैले शारीरिक रूपमा बलियो अनुभव गरे। मेरो दिमाग राम्ररी काम गर्दै थियो, म कुराहरूको बारेमा स्पष्ट थिए। मलाईं त्यस समय पहिलोपटक लागेको थियो कि ठीक छ म लागुऔषध छोड्न सक्छुँ।

मेरा छोरीहरूसँग राम्रो सम्बन्ध छ। म यो कार्यक्रममा सहभागी नभएको भए यो कुरा कहिल्यै अनुभव गर्न पाउँदिन थे। उनीहरू अहिले राति आरामले सुत्न सक्छन्। उनीहरू मेरो नराम्रो व्यवहार वा मैले कुनै अपराध गर्छुँ वा मर्छुँ कि भनेर चिन्तित छैनन्। यो मेरा लागि सबैभन्दा ठूलो कुरा हो।

म हरेक दिन खुशी छुँ। यो सबै कुरा गर्न जतिसुकै कठीन भए पनि कुनै मतलब छैन, म अरू मान्छेलाई पनि म जस्तै लागुऔषध रहित जीवन जिउने चेतना दिन सक्छुँ।

मेरो पुनर्जन्म भएको छ।मैले नयाँ जीवन पाएको छुँ।

थप भिडियोहरू