नयाँ नार्कोनन लागुऔषध सुधार केन्द्रले यहाँका स्थानीय तथा युरोप महादेश भरी रहेका कुलतमा फसेका व्यक्तिहरूमा एउटा नयाँ आशा जगाउँछ।

"१६ एकडको विशाल क्षेत्रफलमा फैलिएको यसलाई प्रकृति र सुन्दरताले घेरको छ ... लाग्छ तपाईं नर्निया वा यस्तै अरू कतै हुनुहुन्छ ... जसले खण्डहर जस्तो मनलाई स्वतन्त्रताको अनुभूति दिलाउँछ।"

त्यसैले एक आगन्तुकले यस शानदार नयाँ नार्कोनन युरोपले सेप्टेम्बर 5 लाई डेनमार्कको ग्रामीण क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल लेक आरेसो प्रति समर्पित गरेको भन्दै वर्णन गरे। यो ऐतिहासिक नार्कोनन समूह ६७००० वर्ग फुट जमिनको आनन्दमय र शान्त वातावरणमा रहेको छ।

नार्कोनन युरोपमा खसेको यो रिबनले, सहयोगको एउटा नयाँ युगको संकेत दिँदैछ।
 

भव्य उद्‌घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा Association for Better Living and Education International, ABLE का कार्यकारी निर्देशकले, ''ABLE समाज सुधार प्रति समर्पित रहेको छ" बताउनुभयो। त्यसैले यो नयाँ नार्कोनन केन्द्र खोल्नु हाम्रा लागि अत्यन्तै जरूरी छ। किनभने यो अरू लागुपदर्थ सुधार केन्द्र जस्तो मात्र हैन। यो कदम युरोप भरी र यसै गरी विश्वभर लागुऔषधको महामारी अन्त्य गर्न सुरू गरिएको एउटा आन्दोलन हो।”

युरोपको सबैभन्दा अनुभवी लागुपदार्थ सुधार समुदायका उच्च पदाधिकारीहरूको एउटा समूह तथा सम्मानित सदस्यहरूले कार्य क्षेत्रमै गएर आधिकारिक रूपमा नयाँ केन्द्रको स्वागत गरेका छन्। सबैजना वक्ताले नार्कोननसँग आज युरोपले समाना गरिरहेको लागुपदार्थको भयङ्कर समस्यासँग जुध्नेसक्ने क्षमता रहेको भनी दृढ विश्वास व्यक्त गरेका छन्।

युरोपेली लागुऔषध तथा लागुऔषध दुर्व्यसनी निगरानी केन्द्रका अनुसार, पूरै युरोपमा लागुऔषधको समस्या विकराल अवस्थामा रहेको छ, र यस महामारीले यहाँका झण्डै १४ लाख बासिन्दाहरूलाई छोएको छ। यस नयाँ नार्कोनन केन्द्रले २० भन्दा बढी युरोपेली नार्कोनन केन्द्रका पुनसर्सुधार विशेषज्ञहरूलाई दक्ष बनाउन प्रशिक्षणको कार्यक्रम ल्याएर दुर्व्यसनीको चपेटामा परेका मानिसहरूमा एउटा नयाँ आशा जगाएको छ।

“यो नयाँ केन्द्र खोलेसंगै, मैले युरोप भरी सैयौं नार्कोनन केन्द्रहरू खुल्ने कल्पना गर्दैछु—जुन हामीले भोगिरहेको लागुऔषधको समस्याबाट बाहिर निस्कनका लागि हाम्रो योगदानको रूपमा रहनेछ,” नार्कोनन युरोपका कार्यकरी निर्देशक, श्री. जोर्गेन जोर्गेन्सेनले बताउनुभयो।

“नार्कोननले मानिसहरूलाई लागुऔषधबाट मुक्ति दिने मात्र नभई, भविष्यमा पनि लागुऔषध मुक्त जीवन जिउन सिकाउँछ।"

कोपेनहेगनका लागुऔषध दुरुपयोग परामर्शदाता, श्री. लेइफ कार्ल्सेने थप्नुभयो: "आज हामी त्यस्तो समाजमा छौं जहाँ अधिकांश मानिसहरू बिरानो भएको तथा एक्लिएको महशुस गर्दछन्। लागुऔषध पहिले पनि र अहिले पनि वास्तविकताबाट भाग्ने उपाय बन्दै आएको छ—एउटा त्यस्तो वास्तविकता जसको सामना कसरी गर्ने भन्ने बारे हामीलाई थाहा छैन। नार्कोननले मानिसहरूलाई लागुऔषधबाट मुक्ति दिने मात्र नभई, भविष्यमा पनि लागुऔषध मुक्त जीवन जिउन सिकाउँछ।”

तेस्रो वक्ता, जेनेभाको सेन्ट पियरे क्याथेड्रलका अवकाशप्राप्त प्रमुख, आदरणीय डा. विलियम म्यक्कोमिसले नार्कोननले अपनाएको सुधारको अत्यन्तै मानवीय विधिको हृदय देखि नै प्रशंसा गर्नुभयो। "तपाईंको युरोपको महाद्विपको नयाँ नार्कोननले हाम्रा युवाहरूलाई लागुऔषधको हानिकारक प्रभावबाट स्वास्थ्यलाभ प्राप्त गर्न र उनीहरूको भविष्य सुरक्षित गर्नमा मद्दत गर्न हाम्रो कामलाई अझ बढी प्रभावकारी बनाउनेछ।"

२९ भाषामा २३ वटा शिक्षामुलक नयाँ फिल्महरूले जीवन बचाउने प्रविधिलाई आदान-प्रदान गर्न पहिले भन्दा अजै सजिलो बनाएको छ, नार्कोनन युरोप सबैका खुला छ, यहाँका कर्मचरीहरू तालिम प्राप्त छन् र लागुऔषध र मादकपदार्थको कुलतबाट उम्कन चाहने जो कसैलाई पनि मद्दत गर्न तयार छन्।

__________

__________

नार्कोनन कार्यक्रम५० राष्ट्रमा रहेका हाम्रा केन्द्रहरूको अन्तर्राष्ट्रिय नेटवर्कको बारेमा थप जानकारीका लागि कृपया यस नम्बरमा कल गर्नुहोस्: १-८००-७७५-८७५०.