नार्कोनन ग्रेजुएटको बुवा
ग्यारी जे.

मेरो छोरा असल बच्चा थियो। मलाईं लाग्छ हाईस्कूल देखि कलेजको समयतिर उसले मादकपदार्थ अत्यधिक पिउन थाल्यो। त्यसले गर्दा उ अपराधिक कामहरू गर्न थाल्यो।

निकै तनाव थियो। उसले जीवनका निकै अँध्यारो पक्ष देख्यो। उसले हामीले दैनिक समाचारमा देख्ने हत्या, लागूऔषध कारोबारजस्ता कुरा सबै देख्यो। उ यस्तै व्यक्तिहरूको संगतमा थियो।

कानुन कार्यान्वयन गर्ने अन्य एजेन्टबारेको जानकारी र यो कायमै राखे उनीहरू स्थानीय कप बारमा जान्छन् भन्ने थाहा पाए। उ दिनप्रतिदिन मादकपदार्थको कुलतमा फस्दै गयो। यो त एउटा पक्ष मात्र थियो।

र उ ६ महिना वा त्योभन्दा पहिले देखि परिवारका सदस्य सहभागी हुने कुनै पनि काममा सहभागी भएन।

पार्टी र क्रिसमस कार्यक्रम, जमघट र अन्य कार्यक्रममा उसले सहभागी हुन छाड्यो।

उसले मलाईं त्यो अवस्थाबाट उम्किन केही गर्न चाहेको सुनायो। मैले भने, “ठीक छ।”

मलाईं लाग्छ, उसले इन्टेक परामर्शदातासँग दुई वा तीन सातासम्म निरन्तर कुराकानी गरेछ।

मैले उसका लागि आवश्यक सामग्री ल्याए र पठाए। अनि उ नार्कोनन कार्यक्रममा सहभागी भयो।

उ पहिलेभन्दा स्वस्थ भयो। मादकपदार्थको संसारबाट बाहिरिएर पुरानै अवस्थामा आयो।

नार्कोननले मलाईं छोरा फिर्ता दियो। र हाम्रो परिवारलाई एउटा दाजु, भाइ र काका फिर्ता दियो। उ पहिलेकै अवस्थामा आयो। हामीले हराएको मान्छे पाएको जस्तै भयो। यसले एउटा चक्र पूरा गर्‍यो।

उसको अन्तर्आत्माले उसलाई उपयोगी जीवनमा फर्काए जस्तै भएको छ। अहिले यहाँ काम गर्दा उसले सबै क्षमतालाई परिणाममुखी बनाएको छ। म साँच्चिकै आभारी छुँ।

थप भिडियोहरू