कुनैपनि लागूपदार्थ सुधार कार्यक्रममा, परिणामहरू फरक हुन्छन्।
|
|||
ग्रेजुएटहरू यसो भन्नुहुन्छ | ग्रेजुएटका परिवारले यसो भन्नुहुन्छ | सार्वजनिक सेवाको घोषणा |
नार्कोनन ग्रेजुएटको प्रेमिका
तारा एस्.
मैले पहिलोपटक भेट्दा मेरो प्रेमी कोक, हिरोइन वा कडा औषधी लिँदैनथ्यो। उसले पिउँथ्यो मात्र, म त्यो बेला भर्खर २१ वर्षकी थिए। सबै ठिक थियो। मैले भेट्दैमा उसको समस्याको बारेमा थाहा पाइन। समय बित्दै जाँदा उ मबाट टाढिन थाल्यो, सधैँ झगडा गर्न थाल्यो।
हिरोइन प्रयोग गर्न थाल्यो र त्यही समय कोक प्रयोग गरिरहेको फेला पारे, उसँग थुप्रै समस्या थिए, जसको समाधान उसले कहिल्यै गरेको थिएन।
मेरो एकजना ज्यादै मिल्ने साथी म १५ वर्षको हुँदा लागुऔषधकै कारण मरेको थियो। त्यतिबेला देखि म निकै डराएकी थिए, जब मैले जेफलाई पनि लागुऔषधको कुलतमा लागेको थाहा पाए म सधैँ पहिलेको साथीको जस्तै घटना दोहोरिन सक्ने ठान्थे।
म उसका लुक्ने फरकफरक ठाउँहरू खोज्थे सियो, चम्चा वा फेलापरेका अन्य बस्तु खोस्थे। यसको लागि म उसँग लड्थे पनि।
उ पटक–पटक झुठो बोल्थ्यो। झगडामा गरेरै हामी अलग भयौ। मलाईं सम्झना भएसम्म नार्कोनन जानुअघि मैले उसलाई अन्तिम पटक देखेको त्यही दिन थियो।
म उसले अझै पनि त्यसो गरेको देख्न सक्दिनथे।
उसले त्यो कार्यक्रम पुरा गर्यो। म थ्याङ्सगिभिङ कार्यक्रमका लागि मेरो काकीको घर साउँथ जर्सी जाँदै थिए, उसको फोन आयो।
उ त पूरै फरक मान्छे पो भएछ, मैले चार महिनाअघि देखेको मान्छेभन्दा फरक। साँच्चिकै पूरै फरक।
अहिले हामी सँगै जीवन बिताइरहेका छौं। अहिले हामी सामान्य विवाद भएपनि कहिल्यै झगडा गर्दैनौं। तर विगतमा जस्तो छैन।
हामीले सँगै जीवन बिताउने छौं, हाम्रो अब बिहे गर्ने परिवार बनाउने सपना छ।
नार्कोननकै कारण मैले भविष्य देखिरहेकी छुँ।
हामीले चाहेको यही हो। जुन अहिले सम्भव भएको छ।