देशले लागुऔषध दुर्व्यसनीको प्रकोप भोगिरहेको बेला, लागुऔषधबाट मुक्ति प्रदान गर्ने नयाँ लागुऔषध सुधार केन्द्रले आशा जगाउने काम गर्दछ।

मेनार्ड्स ग्रीन नजिकैको रमणीय ग्रामीण क्षेत्र इस्ट ससेक्समा सुन्दर ढङ्गले सजाइएको चार भवनयुक्त केन्द्र युनाइटेड किङ्गडमको नार्कोननको नयाँ घर हो, जुन लागुऔषध तथा मादकपर्दाथको कुलतबाट मानिसलाई मुक्ति दिन एउटा अनुपम र प्रमाणित प्रभावकारी लागुऔषध-मुक्त कार्यक्रम हो जुन सेप्टेम्बर ५ मा सुरु गरिएको थियो।

यहाँ खसेको यो रिबनले युनाइटेड किङ्गडममा औषधि मुक्त लागुऔषध सुधार केन्द्रको एउटा नयाँ युगको सुरूवातको संकेत गर्दैछ।

रिबन काटेर नयाँ युगको सुरूवातको संकेत मिल्दै गर्दा सयौं समर्थकहरूले यो समारोहमा भाग लिएका थिए। यो सुन्दर नयाँ केन्द्रले यो प्रसंशायोग्य नार्कोनन लागुऔषध सुधार कार्यक्रम प्रदान सञ्चालन गर्न उपयुक्त वातावरण प्रदान गर्दछ।

The Association for Better Living and Education International, ABLE, का अध्यक्ष प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उनले भेलालाई सम्बोधन गर्दै भन्नुभयो, “करोडौं मानिसहरू अवैध लागुऔषधबाट प्रभावित भएका छन्, कतिपयले अकालमै ज्यान गुमाइरहेका छन्। हामी सबै मिलेर कुलतको यस कुरीतिलाई समाप्त गर्दै यकेलाई संसारभरि लागुऔषध मुक्त समाजको अगुवाको रूपमा चिनाउन सक्छौं।"

नयाँ केन्द्रको उद्‍घाटन सँगै नयाँ श्रव्यदृश्य सामग्रीहरू पनि सार्वजनिक गरिएका छन्—२९ भाषामा २३ वटा शिक्षामुलक नयाँ फिल्महरूले व्यक्ति साक्षर होस् वा नसहोस् उसलाई यो कार्यक्रम बुझ्नलाई सजिलो बनाएको छ।

नार्कोनोन युके को समय विशेष सांयोगिक छ, यसको सुरूवात यस्तो समयमा भएको छ जहाँ युनाइटेड किङ्गडम भरिमा नशालु पदार्थमा निर्भर मानिसहरूको संख्याले एउटा महामारीको रूप लिएको छ। बेलायतमा मात्रै ३० लाख भन्दा बढी मानिसहरूले अवैध लागुऔषध लिइरहेको अनुमान गरिएको छ, जसमध्ये ४० प्रतिशत प्रयोगकर्ता बेलायती समाजका उच्च वर्गका रहेका छन्। ती मध्ये १० लाख मानिसहरू पुराना प्रयोगकर्ता रहेका छन्।

नार्कोननको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै इस्ट ग्रिन्स्टेडका मेयर श्री डिक स्वेटम्यानले भने "यो नार्कोनोन कार्यक्रम व्यापक छ र यसले व्यक्तिलाई फेरि आत्मनिर्भर बन्नमा मद्दत गर्न र आत्मनिर्भर तथा सफल बनिरहने उपायहरू सिकाउन आवश्यक सबै पक्षहरूलाई समेट्दछ। “यो अति सफल कार्यक्रम प्रदान गर्ने लागुऔषध सुधार केन्द्र मात्र नभएर, लागुऔषधको यो समस्याको सामना गर्ने नार्कोननका विशेषज्ञहरूलाई सहयोग गर्ने एउटा प्रशिक्षण केन्द्र पनि हो।”

केन्द्रको उद्‌घाटन समारोहमा उपस्थित सबै व्यक्तिहरू भन्दा बढी उत्सुक राष्ट्रिय लागुऔषध रोकथाम परिषद्की सुश्री डायना कोड हुनुहुन्थ्यो। उनले कुलत विरूद्धको डाइँमा अरू असफल भइरहेको बेला नार्कोनोनले यसमा लागातार हासिल गरेको सफलताको प्रशंसा गरिन्।

उनले थपिन् “म यो साँच्चै भन्न सक्छु कि नार्कोनोनको सफलताको गति अद्वित्तीय छ।” "मैले धेरै व्यक्तिहरुले मदिरा तथा लागुऔषध उपचार कार्यक्रमहरू छोडेर घुमिफिरी आफ्नो त्यै पुरानो लागुऔषध दुर्व्यसनीको जीवन फर्केको देखेको छु। तर अधिकांश नार्कोननका ग्रेजुएटहरू वर्षैपिच्छे यहाँबाट गएर स्थिर, नैतिक, उत्पादक, लागुऔषध-मुक्त जीवन बिताइरहेका छन्।"

नार्कोनन कार्यक्रम एल रन हब्बर्डको आविष्कारहरू र लेखहरूमा आधारित रहेको कुरालाई चर्चा गर्दै, सुश्री कोडले भनिन्, "मलाई श्री हब्बर्डलाई भेट्ने धेरै ठूलो इच्छा थियो, किन कि उहाँ अत्यन्तै मेधावी र आकर्षक, दुरदर्शी, अगुवा तथा अविष्कारक हुनुहुन्थ्यो—र यो कार्यक्रमको सफलता उहाँका आविष्कारहरूकै परिणाम हो।"

र डा. बसन्त के. पुरी, ह्यामरस्मिथ हस्पिटल र इम्पेरियल कलेज लण्डनका मेडिकल प्रोफेसरले कुलत हटाउन अपनाएको १००% औषधि रहित पद्धतिको प्रशंसा गर्नुभयो।

"मेरो अनुभव र मेरो आफ्नै अनुसन्धानले सर्वाङ्गीण तथा प्राकृतिक पद्धति नै समाधनको बाटो हो र लत प्रतिस्थापन औषधि वा थप लागुऔषध दिँदा केवल झन बढी लत लाग्न तथा अझ बढी दुःख कष्ट हुने गर्दछ।"

लगभग ५० वर्षको यस यात्रामा, नार्कोननले लागुऔषधको दुर्व्यसनीले जीवन बर्बाद भएको ठान्ने असंख्य व्यक्तिहरूको जीवनको जोगाएको छ। नार्कोननको उद्देश्य भनेको लागुऔषधको दुर्व्यसनीको उपचारका लागि प्रभावकारी मार्ग प्रदान गर्नु र समाजलाई संसारभरी फैलिरहेको लागुऔषधको महामारीबाट बाचाउन सहयोग गर्नु हो।

__________

नार्कोनन कार्यक्रमको बारेमा थप जानकारीका लागि +४४ १४३५ ५१२ ४६० मा फोन गर्नुहोस्।