सरलीकृत पद्धतिको लागि तालिकाबद्ध नतिजाको अनुगमनका लागुऔषधको उपचार पछि गरिने

१६ सेप्टेम्बर २०१३

रिचार्ड डी. लेन्नोक्स
चेस्टनट हेल्थ सिस्टम
२४०४ पश्चिमी पार्क लेन, हिल्सबरो,एनसी २७२७८, अमेरिका

म्यारी ए. स्टर्नक्विस्ट
इन्डिपेन्डेन्ट रिसर्च कन्सल्टेन्ट
१४६५० विलडेन ड्राइभ, एन्कोरेज, एके ९९५१६, संयुक्त राज्य

अल्फोन्सो प्यारेडस
मनोविज्ञान सम्बन्धी प्रोफेसर
क्यालिफोर्नियाको लस एन्जेल्स विश्वविद्यालय

लिबर्टस एकेडेमिका द्वारा प्रकाशन तथा पुनरावृति गरिएको

कार्यकारी सारांश

गुणस्तरीय स्याहार प्रबर्धन गर्न, बिरामीको सन्तुष्टि सुधार गर्न र उपचार स्रोतको बाँडफाँड गर्न गरिने लागुऔषध उपचार नतिजाको नियमित सङ्कलन कार्यमा मुख्यतया दुइ कठिनाइहरूले बाधा गरेको छ:(१) उपचार छोडेर गएका सेवाग्राहीहरूको ठाउँ पत्ता लगाउन समस्या हुने र (२)उपचार पछिको अर्थपूर्ण र विश्वसनिय तथ्याङ्क प्राप्त गर्न लाग्ने लागत। यस अध्ययनले १८ किसिमका टेलिफोन सर्वेक्षण गरि मितव्ययी कर्मचारीमा आधारित रूटिन आउटकम मनिटरिङ्ग (ROM) को छरितो पद्धति बारे अनुसन्धान गरेको छ। नार्कोनन ओक्लाह्वोमा लागू गरिएझैं, व्यवहारिक र सामाजिक सीपमा आधारित आवासीय सुधार कार्यक्रम एक क्लिनिकल्ली उपयोगी सूचना प्रदान गर्न कुल रिपोर्टिङको लागि मनोबैज्ञानिक रूपमा पर्याप्तताका लागि हो।

यस अध्ययनले उत्तीर्ण विद्यार्थीले लागुऔषध र मादकपदार्थ सुधार केन्द्र कार्यक्रमबाट हासिल गरेको दिर्घकालीन नतिजाबारे अनुगमन गर्दा नार्कोनन ओक्लाह्वोमा विकास र कार्यान्वयन गरेको पद्धतिको विश्लेषण गरे। यस पत्रले नार्कोनन कार्यक्रमले प्रयोग गरेको १८ किसिमका टेलिफोन सर्वेक्षणको मितव्ययी कर्मचारीमा आधारित रूटिन आउटकम मनिटरिङ्ग (ROM) को छरितो पद्धति र अनुगमनको प्रक्रियाको नतिजाबारे व्याख्या गर्दछ।

नियमित नतिजा अनुगमनको उद्देश्य उत्पादक उपचारको प्रभावकारिता, नियमितता, मुल्य-प्रभावकारिता सुनिश्चित गर्न, उपचारको समग्र गुणस्तर सुधार गर्न, र स्वास्थ्य सेवा प्रदायकको विश्वसनीयता सुनिश्चित गर्ने कुरामा स्पष्ट छन्।

हस्तक्षेपको पूरा कोर्ष सकेपछि सेवाग्राहीहरूलाई उनीहरूको परिवार, कार्यस्थल र समुदायमा काम गरिरहँदा व्यवस्थित ट्र्याकिङ गरिन्छ। यो व्यवहारिक स्वास्थ्य कार्यक्रमको प्रभावकारी पद्दति हो। डिस्चार्ज गरेपछिको अर्थपूर्ण तथ्याङ्क सङ्कलन गर्ने उद्देश्य भएतापनि धेरै कार्यसम्पादन अनुगमनका प्रयासहरू विकासपूर्ण अवस्थामा छन्। तथ्याङ्क सङ्कलनका सीमाहरू यस प्रकार छन्: (१) उपचार छोडेर गएपछि सेवाग्राहीहरूलाई ट्र्याक गर्न कठिनाइ, (२) उपचार कर्मचारीको मुख्य काम केमिकल सम्बन्धी सेवा प्रदान गर्नु भएतापनि उनीहरूलाई अनुगमन तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्नु (३)व्यक्तिगत अन्तर्वार्तामा भर पर्नु र अरू बेला धेरै खर्चिलो, धेरै कर्मचारी तालिम चाहिने र अनुगमनमा कठिनाई निम्त्याउन सक्ने प्रोटोकोलहरूको प्रयोग गर्नु।

नार्कोननले नियमित रूपमा स्याहार सुविधा प्रदान गर्नका लागि टेलिफोनमा आधारित सहज अनुगमन प्रक्रियाको विकास गरेको छ। कम नतिजा सर्वेक्षणको उपयोग गर्दा, यो कर्मचारीहरूको समय तालिकासँग सजिलै मिल्छ तथा अनुसन्धानका पद्दतिबारे तालिम प्राप्त नगरेका व्यक्तिहरूले पनि सहजै सञ्चालन गर्न सक्छन्। यस प्रक्रियाले कार्यक्रममा पृष्ठपोषण हासिल गर्न र कार्यक्रम छोडेपछि कठिनाई भोगिरहेका सेवाग्राहीहरू पत्ता लगाउन तथा समस्या सहज तुल्याउँछ त्यसैसमय, यसले सुधार कार्यक्रमको प्रभावकारिताको बारेमा समग्र अनुगमन गर्ने तथ्याङ्क प्राप्त गर्न पनि सहज गर्दछ। त्यस्तै कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न कार्यक्रम व्यवस्थापकहरूलाई पनि सजिलो हुन्छ।

यस अध्ययनको उद्देश्य भनेको लागुऔषध सुधार सेवाहरूको परिणाम मापन र सुधार गर्ने औजार (ROM) को प्रभावकारिता मुल्याङ्कन गर्नु थियो। यो प्राप्त गर्न नार्कोनन इन्टरनेश्नल र साइकोमेट्रिक टेक्नोलोजिज इन्कर्पोरेटेड उपयोगी तथ्याङ्क अनुगमन हासिल गर्ने बैज्ञानिक पद्दति विकास गर्‍यो र यो पद्दति भर्ना, केस व्यवस्थापन, सेवाग्राही अनुगमन जस्ता नार्कोननमा पहिले नै भै सकेका कुरा हरूमा कार्वान्यन गर्‍यो। सुरूमा १० आइटम सहितको प्रश्नावली विकास गरियो तर अध्ययनको समय स्याहार पछि र केस व्यवस्थापक कर्मचारीहरूको सुझावमा यसलाई विस्तार गरियो। अन्तत गत ३० दिनमा आत्म कथित लागुऔषध र मादकपदार्थ प्रयोगमा लक्षित छ विषय, उपचार छोडे देखिको साधारण लागुऔषधमा लक्षित २ विषय, विगत ३० दिनमा जीवन गुणस्तरमा लक्षित ५ विषय र समुदायमा घुलमिल हुन सहयोगी अन्य विषयहरू सहितको सर्वेक्षणलाई अन्तिम रूप दिइयो।

यस औजार र ROM पद्दतिको उदेश्य, विकास र मुल्याङ्कन गर्न यो परियोजना नार्कोनन कार्यक्रम पुरा गरेका व्यक्तिहरूमा सिमित गरियो। नार्कोनन कर्मचारीले सन् २००४ देखि २००७ सम्मको अवधिमा कार्यक्रम पुरा गर्ने व्यक्तिहरूको सूची सङ्कलन गर्‍यो।

स्याहार विशेषज्ञहरूले टेलिफोन मार्फत ROM सर्वेक्षण सञ्चालन गरे। हालै, उत्तीर्ण विद्यार्थीको आँकडा विश्वसनिय छ कि छैन भनी सुनिश्चित गर्न सुरूमा विद्यार्थीका साथै उनीहरूका नातेदारहरूको पनि टेलिफोन मार्फत सर्वेक्षण गरियो। उत्तीर्ण विद्यार्थी र उनीहरूका नजिकका नातेदारहरू बिच उच्च तथ्याङ्किय सम्बन्ध रहन्छ भनेर पत्ता लागेपछि नातेदारहरूको सर्वेक्षण गरियो। तर उत्तीर्ण विद्यार्थीहरूसँग तीन पटकसम्म पनि भेट्न सकिएन। प्राप्त तथ्याङ्क सङ्घीय र स्थानीय गोपनीयताको नियम बमोजिम गोप्य राखियो र साइकोमेट्रिक टेक्नोलोजिज इन्कर्पोरेटेड विश्लेषणका लागि प्रदान गरियो।

समुदायमा फर्केर जाने हरू ४१९ मध्ये ३२३ बाट आँकडा प्राप्त गरियो जहाँ २२% आँकडा छुटेको थियो। पहिलो नमूनाको अपर्याप्त फ्लो-अप दर थियो। अवलोकन गरेर यस क्षेत्रमा अन्य अनुसन्धानकर्ताहरूको सफल कार्यहरूनिम्नानुसार सुधार गरियो: (१) कर्मचारीहरूलाई ग्राहकसँग धेरै फोन र इमेलमा सम्पर्क गर्ने जानकारीको साथै जमानत को फोन र ठेगानामा सम्पर्क डाटा सङ्कलन गर्न एक सरल नामांकन फारम प्रयोग गर्न प्रशिक्षित गराइयो; (३) फ्लो-अप प्रक्रियाको प्रत्येक चरण व्यवस्थित गर्नका लागि एउटा लिखित जाँचसूची तयार पारियो। यी सुधारहरूको परिणामस्वरूप, उपचार पछि गरिएको सम्पर्क दर नियमित रूपमा सुधार भएर ८० प्रतिशत सम्म बढ्यो।

उत्तीर्ण भएका विद्यार्थी र उनीहरूका नातेदार बाट प्राप्त तथ्याङ्क तथ्याङ्किय रूपमा विश्लेषण गरियो र दुबै मिल्दोजुल्दो पाइयो। यस बाट ROM प्रणालीमा प्रयोग भएका ग्रेजुएटहरूले स्वयम् गरेका मापनहरूको प्रमाणीकरण प्रतिस्थापित गरियो। कुल तय गरिएका तथ्याङ्क मध्ये, ७२.१ प्रतिशत तथ्याङ्कहरू ग्रेजुएटहरूले स्वयम् रिपोर्ट गरे।

नार्कोनन कार्यक्रमका ग्रेजुएटमा लागुऔषध सेवन समस्याहरू पुनः देखिने कति सम्भावना छ भन्ने कुरा निर्धारण गर्न यी तथ्याङ्कहरू विश्लेषण गरिए। सर्वेक्षण अन्तरवार्ता अगाडिका ३० दिनको अवधिमा लागुऔषध प्रयोग बारे ग्रेजुएट व्यक्तिहरूसँग सोधिएको प्रश्नमा तलका परिणामहरू प्राप्त भए।