अब परिवार सँगको सम्बन्ध नजिक छ

म सन् १९९१ मा सोभियत युनियन कम्युनिस्ट पार्टी पतन भएलगत्तै अमेरिका आएको हुँ। त्यतिबेला अमेरिकी बालबालिकासँग घुलमिल हुन अलि गाह्रो थियो किनभने म आफ्नै शैलीको थिए, लवाइ खुवाइ विचित्रको थियो र अनौठो देखिन्थे।

म दुई वर्षपछि म हाइस्कुलमा पुगे। त्यही बेला देखि नै मैले मादकपदार्थ र लागूऔषध सुरू गरे। त्यसपछि मैले एक्कासि ठीकठाक महसुस गरे।

म झन बढी कुलतमा पर्दै गए। म दिनहुँ पिउँथे। त्यसपछि नशालु पदार्थ लिन थाले। त्यसले मूल रूपमा मेरो जीवनलाई नै खायो।

मेरा लागि नार्कोनन कार्यक्रम जीवनलाई नयाँ दृष्टिकोण र वरिपरिका सबै कुरालाई सकारात्मक रूपमा हेर्ने एउटा बाटो थियो।

मैले साथीभाइ र आफन्तसँग बिग्रेको सम्बन्ध पनि सुधारे। खासगरी मेरो परिवारसँगको सम्बन्ध किनभने नशालु पदार्थ प्रयोग गर्दा सबैभन्दा बढी चोट उनीहरूलाई नै दिएको थिए। मैले बोलाउँदा र आफूलाई चाहिएको चिजबारे कुरा गर्दा चकित भए किनभने त्यसअघि मैले त्यस्तो कहिल्यै गरेको थिइन।

त्यहाँ नगएको भए यस्तो हुने थिएन। अहिले हामी मैले नशालु पदार्थ प्रयोग गर्नुभन्दा पहिले भन्दा नजिक छौं।

नार्कोनन एउटा कार्यक्रम थियो जसले मलाईं सुधार्‍यो। मलाईं सबै चिज गुमाइसके भन्ने भइरहेका बेला यसले मेरो जीवन बचायो।

थप भिडियोहरू