लागुऔषध प्रयोग लक्षण र संकेत

लागुऔषध उपयोगको धेरै संकेत हुन्छन् ती दुवै शारीरिक र व्यवहार चिह्नहरू हुन्छन् जसले लागुपर्दार्थको सेवन गरेको जनाउँछ। प्रत्येक लागुऔषधको आफ्नै अद्वितीय कुराहरू प्रकट गराउछ, तर एक व्यक्तिले लागुपदार्थ प्रयोग गरेको केही सामान्य सङ्केतहरू देखाउछन्:

  • व्यवहारमा अचानक परिवर्तन
  • ‍मानसिक स्तिथी बदल्ने; अचानक खुसी र उज्ज्वल हुने त्यसपछि क्रोधि र रिसाउने
  • परिवारका सदस्यहरू देखि टाढा हुनु
  • व्यक्तिगत सजावटको बारेमा लापरवाही
  • खेल र अन्य मनपर्ने गतिविधिबाट चाँसो हराउने
  • सुत्ने ढाँचामा परिवर्तन; राती उठ्ने र दिनमा सुत्ने
  • रातो वा रसिलो आँखा
  • चिलाउने वा नाकमा सिगान बगिरहने

निम्न प्रभावहरू बारम्बार लागुपदार्थको प्रयोगसँग सम्बन्धित छन् विशिष्ट लागु औषध उपयोगको संकेत र लक्षण

मेटाफेटामाइनको प्रभाव

"वायर्ड" - एक समयमा धेरै दिन र हफ्ता सम्म निद्रा नलाग्नु, भोग नलाग्नु, चरम वजन नाश, आँखाको नानी ठूलो हुने, उत्साहीत, बढी बोल्ने, शक्तीको भ्रम, घबराहट, चिन्ता, नियन्त्रण गर्न नसक्ने, विभ्रम, असामान्य पसिना निस्किनु, काप्नु, उत्सुक्ता, दृष्टिभ्रम, आक्रमक, हिंसा, चक्कर आउनु,मानसिक स्थितिमा परिवर्तन, धमिलो देख्नु, मानसिक भ्रम र स्नायु उत्तेजना इत्यादी हुन्छ्न्।

ऐक्सटेसीको प्रभाव

मानसिक र शारीरिक उत्तेजनामा परिवर्तन र ध्वनि, प्रकाश, स्पर्शको धारणामा बद्लाव हुनु। शारीरिक ऊर्जा उत्तेजनासँगै ‍भोक नलाग्ने र शरीरको तापमानमा वृद्धि हुनु। मानिसक प्रतिक्रिया र शारीरिक आनन्दको प्रतिक्रियामा वृद्धि हुन्छ। दाँत किट्किटाउने, मांसपेशी फर्किने, वाकवाकी आउने,जिउ सिरिङ्ग हुनु र पसिना धेरै आउने। शरीर धेरै तातो भएको कारण मृत्‍यु पनि हुन सक्छ।

कोकिनको प्रभाव

नराम्रो सोच, भ्रमित, चिन्तित, निराश, चाँडो रिसाउनु, आक्रमिक हुनु, सन्कालु,आँखाको नानी ठूलो हुनु, निदाउन नसक्नु, भोक नलाग्नु यौन शक्ति घट्नु, स्थिरताको कमि, रिसालु हुनु, धेरै बोल्ने हुनु, , चिलाई राख्नु, विभ्रममा हुनु, विक्षेप हुनु र धेरै आँत्तिने।

इलसीडी (एसिड)को प्रभाव

आँखाको नानी ठूलो हुनु, छालाको रङ बद्लिनु, समन्वय हानि हुनु, शक्ति भएको भ्रम हुनु, यूफोरिया, समय र स्थान विकृति ल्याउनु,विभ्रम हुनु, भ्रम हुनु, विक्षेप हुनु, वाकवाकी आउनु, उल्टि हुनु, नियन्त्रणमा कमि, चिन्ता हुनु, आतंक फैलाउनु र आत्म-विनाशकारी व्यवहार हुनु।

पि सि पि को प्रभाव

कहिलेकाहीँ हिंसात्मक वा विचित्र व्यवहार गर्नु (आत्महत्या अक्सर देखापरेको छ), विक्षेप हुनु, डराउनु, चिन्ता हुनु, आक्रमिक हुनु, असामाजिक भएको अभिनय गर्नु, छालाको रङ बदल्नु, धेरै पसिना आउनु, चक्कर आउनु, केही चाल नपाको जस्तो हुनु, र बिग्रेको धारणा।

सुँघ्ने पदार्थको प्रभाव

छोटो समय युफोरिया हुनु, धेरै हाँस्नु, मुर्ख जस्तो व्यवहार गर्नु, रिङ्गटा लाग्नु, टाउको दुख्नु र बेहोस् हुनु अथवा अचेत हुनु। लामो समयको उपयोग: स्मरण शक्तिमा कमि, भावनात्मक अस्थिरता, तर्क दिन सक्ने क्षमतामा कमि, बोलि लड्बडिने, अल्छि हुने, विचलतासँग हुँड्ने, आँखा हलचल गर्ने, आफै शरीर चल्ने, सुन्न सक्ने क्षमतामा कमि, सुँघ्ने क्षमतामा कमि, र मस्तिष्क काम नगर्ने। कहिलेकाहीँ वा गम्भीर दिर्घकालीन प्रभाव, डिटक्सिफिकेसन र पोषण सम्बन्धी थेरापीको नकारात्मक प्रभाव पर्न सक्छ; कहिलेकाहीँ दिमागले काम नगर्न सक्छ।

हिरोइनको प्रभाव

रासायनिक तत्व सहितको यूफोरिया, एउटा सपना झैँ अवस्थामा हुन्छ जुन सुत्ने अवस्था जस्तो हुन्छ जसमा व्यक्ति एक मिनेट वा घण्टामा भुल्न सक्छन। लामो समयसम्म कुलतमा फसेकोहरूलाई हिरोइनले उत्तेजना दिने व्यवहार गर्न सक्छ, र तिनीहरूले एक सामान्य दैनिक तालिकामा काम गर्न सक्छन्। अरूले आफूलाई पूर्ण शक्तिहीन भएको महसुस गर्न सक्छ।

गाँजाको प्रभाव

जब कुनै व्यक्ति नशामा हुन्छ भोक कम लाग्ने, आँखा रातो र चिम्सो आँखा (आँखा खुल्ला राख्न गार्हो हुने), सुक्खा मुख, अत्यधिक र नियन्त्रण गर्न नसक्ने हाँसो, बिर्सिने बानी, छोटो समयमै कुरा बिर्सिने, स्मरण शक्तिमा कमि, अल्छीपन, ढिलो प्रतिक्रिया, समसामयिक विक्षेप, विभ्रम, आलस्य, उत्प्रेरणा कमी, मूर्खता, लुगामा गन्हाउने, र मानसिक अस्थिरता र व्यवहारमा परिवर्तन।

डिप्रेसेन्ट्स (बेहोसी र निन्द्राको औषधी)

आफूलाई नियन्त्रण गर्न नसक्ने, अल्छीपना बढ्ने, मांशपेसी निष्क्रिय हुने, बेहोसका साथ हिँड्नु, ढिलो वा अनिश्चित सहज क्रिया, अभिमुखीकरण नहुने,अस्पष्ट बोली।


कसैले लागूपदार्थ दुर्व्यसन गरेको निर्धारण गर्न र थप सहयोगको लागि, नार्कोननमा सम्पर्क गर्नका लागिलागूपदार्थ सुधार परामर्शदाताको नजिकको केन्द्रमा सम्पर्क गर्नुहोस्। तिनीहरूले तपाईंलाई मद्दत गर्न सक्छन्।

 ®
असल मानिस बन्नका लागि लागुऔषध मुक्त रहनुहोस्
अहिले सहयोग पाउनुहोस्
फोन गर्नुहोस्