नार्कोनन कार्यक्रम

ग्रेजुएटहरू यसो भन्नुहुन्छ

"मेरा लागि नार्कोननको सबैभन्दा महत्वपूर्ण भाग भनेको मैले आफ्नो कुलतबाट मुक्ति पाउँछुँ र मैले लागुऔषध प्रयोग गर्नु पर्ने छैन भन्ने महसुस गर्नु थियो। मैले पुन: हिरोइन लिए भने के हुनेछ भन्ने थाहा पाउन सक्षम भएको थिए। समयको त्यो बिन्दुभन्दा पहिले मैले कहिल्यै पनि त्यो नशामा रहनुभन्दा ‍बढी कुरा देख्न पाउने थिइन।

“जो सुकै पनि यहाँ आउँन सक्छ र यसले उनीहरूलाई लागुऔषधको जीवन र लागुऔषध बिनाको जीवनको फरक बुझ्न सक्षम बनाउँछ। कसरी लागुऔषध बिना जिउन सकिन्छ र तीव्र इच्छा थाँति राख्न सकिन्छ अथवा लागुऔषधको बाध्यता रहँदैन भन्ने कुरा तिनीहरूले तपाईंबाट बुझाउनेछन्। यो अविश्वसनीय छ। यो अचम्मलाग्दो छ। अब म यसो गर्दिन।" -नेट


“मेरो जीवन ध्वस्त थियो। मेरो घर मबाट टाढा भइसकेको थियो। पाँच वर्षदेखि मैले मेरो परिवारसँग कुरा पनि गरेको थिइन। औषधि नलिँदा म विथड्रलको समस्याबाट गुज्रिरहेको हुन्थे। यसले अनियन्त्रित बनायो।

“अहिले मैले नार्कोनन कार्यक्रम पूरा गरे, यसले मलाईं साँच्चिकै आत्मविश्वासी बनाएको छ र मलाईं दिइएका सामग्रीहरूले घर फर्केर लागुऔषधमा नफर्कने र ती साम्रगी प्रयोग गर्न सक्छुँ भन्ने बनाएको छ। सम्भवत: १० वर्षको समयावधिमा त्यसरी पहिलो चोटी महसुस गरे।" -अमेन्डा


“मेरो विचारमा नार्कोनन कार्यक्रमले मेरो जीवनमा काम गर्‍यो किनभने लागुऔषधका सन्दर्भमा यसले भिन्नै शैली अपनाएको छ।“ -इमा


“आज म मेरो परिवारको हिस्सा बनेकी छुँ। मैले आफूलाई सम्मानपूर्वक व्यवहार गर्छुँ अनि म कानुन भंग गर्दिन। म अहिले जागिर खाइरहेकी छुँ र सामुदायिक कलेज जान थालेकी छुँ। नार्कोननले मेरो जीवनको हरेक पक्षमा राम्रो काम गरेको छ।" -सारा


“कार्यक्रममार्फत जीवनको राम्रो बाटोमा लाग्नु नार्कोननमा मेरो सबैभन्दा ठूलो सफलता थियो।“ मेरो जीवन आफ्नो नियन्त्रणमा छ भन्ने महसुस गर्न थालेको थियो। अरू कुनै चिजले मलाईं नियन्त्रण गरेन र म आफै नियन्त्रण गर्न सक्छुँ र आफूले चाहेको गर्न साँच्चिकै सक्छुँ।

“नार्कोनन कार्यक्रमले मलाईं मेरो जीवनलाई पूर्णताका साथ हेर्ने नयाँ दृष्टिकोण दिएको छ। मैले चाहेको हरेक चिज अहिले नै साँच्चिकै गर्नुसक्छुँ भन्ने महसुस हुन्छ। कुनै समस्या पर्दा पहिले भाग्ने वा लागुऔषधको सेवन गर्थे, अहिले भने भएका समस्यासँग म जुझ्न सक्छुँ। अहिले म स्कुल पढ्न थालेको छुँ र जीवनलाई सँगै अघि बढाएको छुँ। -मिसेल


“जीवनका बारे मेरो दृष्टिकोण पूर्णत फरक भएको छ। पहिले मेरो जीवनमा लागुऔषध बाहेक अरू कुनै रूचि थिएन। अहिले यसको ठ्याक्कै उल्टो भएको छ। नार्कोननमा पाएको उपकरण प्रयोग गरेर समाजको अंग हुन सिक्दैछुँ र घुलमिल हुँदैछुँ पनि। -लुइस


“यो सबैभन्दा सशक्त पार्ने चिज हो! यो पूर्णत नयाँ जीवन हो। म ‘पहिलाकी लागुऔषध खाने एस्ली‘ मात्र होइन अथवा म थोरै परिवर्तन भएकी मात्र पनि होइन। म पूर्णत: नयाँ व्यक्ति हुँ र म पूरै फरक तरिकाबाट जीवनलाई हेर्छुँ। म मेरो वरपरको वातावरणलाई सकारात्मक रूपले हेर्न सक्षम छुँ। म कतिपय कठीन अवस्थाको सामना गर्न र कामहरू गर्न सक्ने सक्षम भएकी छुँ। नार्कोननमा सिकेका उपकरणहरू हरेक दिन प्रयोग गर्छुँ। तिनीहरूले सिकाएका कुराहरूलाई तपाईंले पछ्याउनु भयो भने तपाईं अनुशासित र खुशी रहनु हुनेछ र पूरै जीवन अझ राम्रोसँग बिताउन सक्नुहुन्छ।‘‘ -एस्ली

“म त्यो व्यक्ति बने, जो धेरै पहिले हराएको थिए- त्योभन्दा पनि राम्रो पाए। मसँग नभएको जीवन कौशल पाएको छुँ। मसँग आत्मविश्वास छ। मैले पुन: आफैलाई विश्वास गर्न थालेको छुँ।

‘‘म अघि बढ्न सक्छुँ। म सफल हुन सक्छुँ। म खुशी हुन सक्छुँ। म मानिसहरूसँग आँखा जुधाउन सक्छुँ र तिनीहरूले म जिम्मेवार छुँ र म उनीहरूका मद्दत गर्न सक्छुँ भन्ने बुझ्छन्। यो साँच्चिकै गज्जबको कार्यक्रम छ। नार्कोननले मेरो जीवन परिवर्तन गर्‍यो। यसले मलाईं मेरो परिवार फिर्ता गरेको छ। यसले मलाईं जीवनमा वास्तविक सम्बन्ध दिएको छ। -क्लिन्टन


”अहिले म मेरो जीवनका अवस्थालाई पहिले भन्दा धेरै राम्रो व्यवस्थापन गर्न सक्छुँ। म धेरै शान्त र साधारण छुँ। म मेरो र आफ्ना सरसामानको मूल्य जान्दछुँ अनि मेरो परिवारलाई सम्मानका साथ व्यवहार गर्दछुँ, उनीहरूसँग राम्रो सम्बन्ध छ। म आफूलाई बढीभन्दा बढी विश्वास गर्छुँ र जे गर्छुँ, खासगरी मेरो काम, पूर्ण विश्वासका साथ गर्छुँ। -ब्रेन्ट


”म पहिला अरूलाई दोष दिन्थे। उनीहरूको कारणले म कुलतमा लागेको भन्ने सोच्थे र आरोप लगाउँथे। पछि महसुस गरे, दोष लगाउनु पर्ने व्यक्ति त एउटै रहेछ र त्यो मै रहेछुँ। त्यसैले जिम्मेवारी कसरी लिने भन्ने कुरा सिके र त्यसबाट मैले महसुस गरे कि कुलतले मलाईं कहिल्यै पनि सशक्त हुन दिँदैन। नार्कोनन आउने निर्णय मेरो सबैभन्दा राम्रो निर्णय थियो।” -रेयान


”अहिले मैले नार्कोनन कार्यक्रम पूरा गरे, मैले आफ्नो जीवनमा पूर्णत नियन्त्रण पुन: हासिल गरे र म जीवनका लागि सकारात्मक निर्णय गर्न सक्षम भएको छुँ। नार्कोनन भन्दा अघि, म उत्पादनशील मानवका रूपमा जीवनमा काम गर्न असक्षम थिए। अहिले आत्मनियन्त्रण गर्ने उपकरणहरूहरू पाएको छुँ, राम्रो म अभिभावक बन्न सकेको छुँ, राम्रो दाजु र छोरो बन्न सकेको छुँ। यसले वास्तवमै मेरो जीवन बचायो।” -रिची


”नार्कोनन कार्यक्रम मानिसलाई लागुऔषध र मादकपदार्थबाट छुटकारा मात्र दिँदैन। यसले लागुऔषध र मादकपदार्थबाट टाढा रहन प्रविधि र सामग्री दिन्छ र त्यसमार्फत तिनीहरूको जीवनका सम्पूर्ण क्षेत्रलाई असल बाटोमा लैजान मद्दत गर्छ। -रब


”म जुनबेला नार्कोनन कार्यक्रममा आए, मलाईं आफ्नो जीवन आशाविहीन लागेको थियो। मैले पहिल्यै धेरै सुधार केन्द्रमा गएर सुध्रिने प्रयास गरेको थिए र कैयौँ चोटि मेरो परिवारलाई मैले निराश बनाएको थिए। तर यहाँ आउँदा यो कार्यक्रमले मेरा लागिभन्दा पनि परिवारका लागि सहयोग गर्ला भन्ने सोचेको थिए।

”म यहाँ आएपछि म बिस्तारै परिवर्तन हुँदै थिए। पहिलो पटक सौना गर्दा, मलाईं दुख्यो, मलाईं पीडा भयो र केही समय यस्तै अस्तव्यस्त पीडामा रहे। तर त्यसपछि मैले शरीरका बिषालु पदार्थहरू बाहिर निस्केको पाए, अक्सिकन्टिनको केमिकल समेत निस्केको महसुस गरे।

“मेरो ढाड र मेरो घुँडा दुख्न छाड्यो- पहिले लाग्थ्यो, यो पीडा मेरो जीवनभर रहला। पछि त आफैप्रति आत्मविश्वास पलाएर आयो। मेरो जीवनमा आएका समस्याहरूलाई झेल्न अझै बढी क्षमता बढेर आयो, योभन्दा पहिले मैले कहिल्यै यस्तो महसुस गरेको थिइन किनभने मैले लागुऔषध मात्र प्रयोग गर्थें। -डेभ



“जीवनमा विगतका कुनै पीडा नबोकी जिउन सक्ने भएको छुँ, म अहिले आत्मविश्वासी भएको छुँ जसका कारण म जीवन जिउन चाहन्छुँ। कार्यक्रममा भएका सबै थोक उच्चतम थिए। अरू कुनैले काम नगरेको चिज मेरा लागि भने यसले गर्‍यो। नार्कोननले मलाईं सफल हुने सामग्री दियो र मेरो क्षमतामा विश्वास गर्ने भावनाले म भरिपूर्ण भए, यसैका कारणले म लागुऔषध बिना रहन सक्ने भए र मेरो लक्ष्य हासिल गर्न सक्ने भए। -विल


“यहाँ धेरै उपायहरू छन्। दिनदिनै संघर्ष गर्नुपर्ने आवश्यकता छैन। पहिले जतिसुकै पटक तपाईं असफल भएको भए पनि, निराश नहुनुहोस्। नार्कोननले जीवन बचाउँछ।" -जोसेफ


“कार्यक्रममा सहभागी भएर मलाईं निकै सहयोग भयो मलाईं नै हेर्नुहोस्, म के गरिराछुँ- मैले कसरी जीवन सुधारे र सबै कुरा सुधारे। मलाईं अहिले आफूमा सबै गुणहरू भएको जस्तो लाग्छ। म सशक्त छुँ, स्वतन्त्र छुँ र मैले सधैँ चाहेकी महिला जस्तो हुन सकेकी छुँ। अब फेरि मेरो स्वास्थ्य बिग्रेला भन्ने सवालै रहेन। मैले उदेश्यमुखी छुँ र पाउनु पर्ने चिज पाएकी छुँ।” -मिसेल


”यो कार्यक्रममा म एउटा सक्षम क्रिश्चियन पुरूषका रूपमा आएको थिए र म वास्तवमा पहिलेको भन्दा अझ सक्षम क्रिश्चियन पुरूष भएको छुँ। -चक


”मैले गुमाएको व्यक्तित्व पाएको छुँ- त्योभन्दा बढी नै पाएको छुँ। मसँग नभएको जीवन कौशल पाएको छुँ। मसँग आत्मविश्वास छ। मैले पुन: आफैलाई विश्वास गर्न थालेको छुँ। -क्याली


”कार्यक्रममा हुँदा, म आफ्नो दृष्टिकोण बदल्न थाले। आफ्नोबारे राम्रो महसुस गरे। मैले आत्मविश्वासी महसुस गरे र बाल्यकालदेखि भोग्दै आएको निराशा, घृणाबाट मुक्त हुन सके। मलाईं मानिसहरूले वुद्धि नभएको नावालक भन्थे तर मसँग पनि केही गर्ने क्षमता रहेछ र आफूमाथि नियन्त्रण गर्न सक्छुँ जस्तो लाग्यो। यही नै मेरा लागि जीवनको वास्तविक सुरूवात थियो। -जर्डी

“नार्कोननले तपाईंलाई पुन: जिउन सिकाउँछ, तपाईंले धेरै पहिले गुमाइसकेको कुराहरू फिर्ता दिन्छ। यसले मलाईं पुन: जिउने क्षमता दिएको छ।“

”नार्कोनन कार्यक्रमले मेरो लागुऔषध समस्याको समाधान मात्र गरेको होइन यसले जीवनमा आइपर्ने अन्य समस्यालाई सम्हाल्ने उपायहरू पनि दियो। यसले मेरो आत्मविश्वासलाई पुन:स्थापना गर्‍यो, मेरो जीवनमा नयाँ उदेश्य दियो र जीवनका रूचिहरूमा नवीकरण गर्‍यो। मेरो लागुऔषध प्रतिको तीव्र चाहना र लागुऔषधपूर्ण जीवनशैली छोडिसके। मैले मेरो परिवारको विश्वास पाए र परिवारबाट लिइरहने भन्दा दिने कुरा पनि सिके। -टेम्प


”मलाईं समाजको सदस्यका रूपमा योगदान दिन र योग्य सदस्य बन्न नार्कोननले सिकाएको सीपका लागि धन्यवाद शब्द निकै कम पर्छ।" -क्रिस्टी


”मैले नार्कोनन कार्यक्रममा सहभागी भइरहँदा र त्यहाँका गज्जबका कर्मचारीहरूको सहयोगले मैले साँच्चिकै आफूमा फरक देख्न थाले। मैले आफैलाई विश्वास गर्न थाले। मैले ग्रेजुएट गरेपछि, मैले नेभीमा भर्ना लिए र त्यसपछिका चार वर्ष मैले देशको सेवा गरे। मैले बिहे गरे र एउटा छोरो पनि छ। मैले धेरै कामहरू गरे र कार्यक्रममा सिकेका मेरो सीपलाई धेरैधेरै धन्यवाद, जसका कारण अन्तत: सही दिशा पाउन सक्षम भए र ती सीपलाई जीवनभर प्रयोग गरिरहेको छुँ। मलाईं फेरि कुलतमा पर्छुँ कि भनी कुनै चिन्ता छैन। -ग्लेन


"पहिले लागुऔषधले आफ्नो जीवनलाई कता लगे र आज म कस्तो महसुस गर्छुँ भन्ने बताउन मसँग वास्तवमै शब्द नै छैन। लागुऔषधले तपाईंको जीवनमा नियन्त्रण गर्छ र जीवन ध्वस्त पार्छ अनि तपाईंले सोच्दै नसोचेका कामहरू यसले गराउँछ मानौँ केमिकलले दिएका भ्रमित र खोक्रो कसम आफै दिनु हुन्छ। यो कति खराब कुरा थियो भनी अरूलाई पनि विश्वस्त हुने गरी कसरी यसको व्याख्या गर्नुहुन्छ? बिना गर्व र बिना नैतिकता अथवा दिमागमा अशान्तिपूर्ण भाव, रहेको अवस्थालाई तपाईंले कसरी व्याख्या गर्नुहुन्छ? जीवनमा एक्लोपन र गल्तीलाई कसरी व्याख्या गर्नु हुन्छ?

“नार्कोननमा आउँदा म पूरै बिग्रेको मानिस थिए। मैले स्वयम् भने, म लागुऔषधको कुलतमा परेको छुँ र यस कुराले मेरो बिग्रेको जीवनलाई स्प्षट रूपमा व्याख्या र प्रमाणित गर्थ्यो। म जिउँदो भन्दा बढी मृत नै थिए र स्तब्ध थिए!!!

“नार्कोननले मलाईं पुनः कसरी जिउने भनेर सिकायो। नार्कोननले म प्रतिको मेरो विश्वासलाई पुन:स्थापित गर्‍यो र मलाईं शान्ति र स्थायित्व पनि दियो, जुन मैले कल्पना गरेको पनि थिएन।। म सफल र खुशी छुँ र मैले आफ्नो भविष्य उज्वल देख्छुँ। मैले आफैलाई विश्वास गर्न थालेको छुँ। म अरूको आँखामा म प्रतिको गर्व देख्न सक्छुँ। म स-साना र सामान्य आनन्दहरूमा रमाउन सक्छुँ र मुस्कुराउन सक्छुँ।“ -जोन


“म पहिलो पटक नार्कोननमा आउँदा १५ वर्षदेखि प्रत्येक लागुऔषध प्रयोग गरिरहेको थिए र म संवेदनाहीन थिए अनि केही सहयोग पाउन सकुँला कि भन्ने सोचमा यहाँ आए। एक वर्षमा यो मेरो तेस्रो सुधार केन्द्र थियो र म वास्तवमै सहयोग चाहन्थे। त्यो सहयोग पाइएला भन्ने मलाईं लागेको थिएन। यो कार्यक्रमले मलाईं म शक्तिशाली छुँ भन्ने देखायो र म मेरो विगतलाई पुनर्निर्माण गर्न सक्छुँ र सबै किसिमका मभित्रका आनन्दहरू जुन कहिले पाउँला भन्ने आशा गरेको थिए, पाउन सफल भए। यो कार्यक्रमले मलाईं लागुऔषधबाट कसरी टाढा रहने भन्ने देखायो, यसले आफ्नो प्रतिबद्धता पुरा गर्‍यो र यसले मलाईं नयाँ जीवन दियो। यदि तपाईं आशा विहीन हुनुभएको छ र इमान्दारीले कडा परिश्रमका साथ परिवर्तन हुन चाहनुहुन्छ, लागुऔषध मुक्त हुन चाहनुहुन्छ भने नार्कोनन यो ग्रहकै सबैभन्दा उत्कृष्ट सुधार कार्यक्रम हो।“ -थोमस

“अहिले मैले जाने, मलाईं लागुऔषध चाहिँदैन किनभने त्यो बिना नै म झन् राम्रो महसुस गरिरहेको छुँ। म शक्तिशाली महसुस गर्छुँ। म स्वस्थ्य महसुस गर्छुँ।“

“मलाईं सहयोग गरेकोमा र ममाथि विश्वास गरेकोमा नार्कोननमा रहेका कर्मचारीहरूलाई म धन्यवाद दिन चाहन्छुँ। म कस्तो अवस्थामा थिए भन्ने सोच्न पनि मलाईं कठीन छ। यो बुझ्न तपाईंले यस्तै जीवन भोग्नु पर्छ। मलाईं थाहा छ म जहाँ थिए, त्यहाँ फर्कन सक्दिन। म अब त्योभन्दा धेरै अघि बढिसकेको छुँ। म त्यो ठाउँ धेरै पछि छाडेर आइसके, अब मलाईं लागुऔषध मुक्त हुन मन पर्छ। -सारा


“नार्कोनन लागुऔषध सुधार कार्यक्रमले मेरो जीवन बचायो। यसले मेरो जीवनमा पुन: ल्याएको खुशी व्याख्या गर्न सक्दिन। लागुऔषध दुर्व्यसनीका रूपमा सम्झँदा त्यसबाट उम्कन सकूँला भन्ने लागेको थिएन तर आज त्यो तस्बिर परिवर्तन भएको छ र हरेक दिन म ऐना अघि उभिदा गर्व महसुस गर्छुँ। -जिम


“नार्कोनन कार्यक्रममा म जुन दिन आए, त्यही दिनदेखि मेरो जीवन परिवर्तन हुन सुरू भयो। कार्यक्रमको दौरान मैले आफ्नो स्वाभिमान र मप्रतिको जिम्मेवारी अनि लागुऔषध विरूद्धको सशक्तता प्राप्त गरे। एक दिन मैले पहिलो पटक मेरो जीवनको नियन्त्रक म आफै रहेको महसुस गरे र इमान्दारीपूर्वक भन्न सक्छुँ म निुकै खुशी थिए। मैले लागुऔषध कुलतलाई जितेको थाहा पाउँदा नार्कोनन कार्यक्रम र कर्मचारीहरू प्रति आभारी भए। -एनी

“नार्कोननले मलाईं पुन: कसरी जिउने भनेर सिकायो। नार्कोननले मेरो म माथिको विश्वासलाई पुन:स्थापित गर्‍यो... म सफल छुँ र खुशी छुँ अनि आफ्नो भविष्य उज्जवल देख्छुँ।“

“मैले नार्कोनन कार्यक्रम पूरा गरेदेखि म ज्यादै खुशी छुँ, मैले स्वस्थपनको आनन्द ‍लिइरहेको छुँ र मेरो जीवन नियन्त्रण गरे, जुन मैले यसअघि कहिल्यै अनुभव गरेको थिइन। २५ वर्षसम्म मेरो विगतको जीवन लागुऔषधले चलाएको थियो, त्यो सम्पूरण समय लागुऔषध किन्न र खानमा नै बितेको थियो। म स्वार्थी, निराश, क्रोधी र गलत व्यक्ति थिए। यो कार्यक्रमले मलाईं म स्वयम् र मेरा वरिपरिका मानिसहरूको सामना गर्न सिकायो। यसले मलाईं शारीरिक र मानसिक रूपमा स्वस्थ बनायो। मैले आत्मविश्वास र मेरो यौवनको अनौठोपन प्राप्त गरे। यो कार्यक्रमलाईं मैले सफलतापूर्वक पूरा गरेपछि, धैरै वर्षपछि उदेश्यपूर्ण तरिकाले स्वतन्त्रतापूर्वक बाँच्न सफल भए।” -बार्बरा


“अझ बढी सन्तोषजनक महसुस गरिरहेको छुँ। लागुऔषध प्रयोग गरेको वा मादकपदार्थ सेवन गर्थे जस्तो अनुभव गरेको छैन। पहिलेजस्तो हरेक दिन सबै किसिमका पागलपन महसुस गरेको छैन। अहिले मलाईं थाहा छ, मलाईं लागुऔषध आवश्यक छैन किनभने अहिले म ती बिना नै बढी राम्रो महसुस गर्छुँ। म शक्तिशाली महसुस गर्छुँ। म स्वस्थ्य महसुस गर्छुँ।“ -टम


“सौना कार्यक्रम पूरा गरेकोमा म निकै राम्रो अनुभूत गरिरहेको छुँ र म साँच्चिकै खुशी छुँ। म सचेत र जागरूक महसुस गर्छुँ। म अब अर्को कार्यक्रमको अर्को भागमा अघि बढ्न तयार छुँ र यसको प्रतिक्षा गरिरहेकी छुँ। मेरो दिमागबाट कुइरो हटेको र मैले संसारलाई नयाँ आँखाले हेरिरहेकी छुँ जस्तो लाग्दैछ।” -लुसी


“नार्कोननमा आउँदा मेरो जीवन ‍बिनासकारी अवस्थामा थियो। लागुऔषधले मेरो जीवनको लक्ष्य नै सखाप पारेको थियो र मबाट मेरो खुशी नै छिनेको थियो। जब म अन्तिम अवस्थामा पुगे र मैले आफू पूर्णरूपमा फसिसकेको महसुस गरे, नार्कोननले आशाको उज्यालो देखायो। नार्कोननका प्रतिनिधिसँग पहिलो पटक कुराकानी गर्नु नै मेरो जीवन पुनर्निर्माणको पहिलो चरण थियो।

“अहिले म सौना कार्यक्रमको अन्तिम चरणमा छुँ र पहिलेभन्दा लागुऔषधमुक्त जीवनको लक्ष्यको नजिक पुगेको महसुस गरेको छुँ। म शारीरिक व्यायाम गर्छुँ, स्वस्थ खानपिन गर्छुँ, भिटामिन लिन्छुँ र प्रत्येक दिन मेरा समस्यासँग सही तरिकाले जुझ्न नार्कोननका सहयोगी कर्मचारीहरूसँग सहयोग लिन्छुँ। मैले जीवन पुन: प्राप्त गर्नुका साथै मेरो भविष्य पहिलेभन्दा उज्जवल र स्पष्ट देख्न थालेको छुँ। नार्कोननले मलाईं गरेको सहयोग र मलाईं दिएको साथलाई म सधैँ सम्झने छुँ र हृदयमा राखिरहने छुँ। - जर्ज