नार्कोनन कार्यक्रम

यसका तत्वहरू

नार्कोनन कार्यक्रम एउटा सटिक, चरणबद्ध व्यवस्था हो जसले दुर्व्यसनका सबै पक्षहरूलाई सम्बोधन गर्दै कुलतमा परेका व्यक्तिहरू र उनीहरूको माझमा रहेकाहरूलाई जटील प्रभावविरूद्ध सामना गर्न सहयोग गर्दछ।

लागुऔषधको कुलतबाट छुटकारा पाउने कुरा स्वयम् व्यक्ति, परिवार र आफन्तहरूलाई असम्भव नै लाग्न सक्छ। लागुऔषध प्रयोग रोक्नका लागि धेरै दुव्यसनीहरू थुप्रै व्यक्तिहरू सुधार कार्यक्रम जस्तै २८ दिने अथवा १२-स्टेप कार्यक्रममा गइसकेका हुन्छन्।

नार्कोनन कार्यक्रम फरक छ। यो २८ दिने कार्यक्रम होइन, यसमा औषधीको प्रयोग हुदैन। यो १२-स्टेप कार्यक्रम होइन। यसमा आस्था वा मान्यता आवश्यक पर्दैन।

नार्कोनन यस कुरामा विश्वास गर्छ कि लागुपदार्थ दुर्व्यसन न त वंशाणुगत समस्या हो न त यो अनिश्चितकालीन उपचार आवश्यक पर्ने निको नहुने रोग हो, जीवन भरी नछुट्ने बानी कुलत पनि होइन। नार्कोनन कार्यक्रमले एउटा अलग्कै कार्यपद्धति अवलम्बन गरेको छ, जसले दुर्व्यसनीलाई लागुऔषध र मादकपदार्थको निर्भरता र नोक्सानबाट बच्न सघाउँछ।

यस कार्यक्रमको लक्ष्य लागुऔषध रहित जीवन बनाउने हो।


चरणबद्ध

लागुऔषध रहित जीवन

लागुऔषध रहित विथड्रल कार्यक्रम

नार्कोनन कार्यक्रम लागुऔषध रहित, गैरचिकित्सकीय विथड्रल प्रक्रिया अपनाउँछ जुन लागुऔषधबाट व्यक्तिहरूलाई सिघ्र र सुविधाजनकरूपले लागुऔषधबाट मुक्त हुन सहयोग गर्दछ। चिकित्सकले चिकित्सकिय उपचार आवश्यक ठहराएमा, नार्कोनन कार्यक्रम सुरू गर्न, नार्कोननले विद्यार्थीलाई चिकित्सकिय सुपरिवेक्षणयुक्त विथड्रलको सुविधा पनि प्रदान गर्दछ।

यस चरणमा, नार्कोननका विशेषज्ञहरू, व्यक्तिहरूको असजिलो समयमा लागुऔषधको आसक्ति हटाउन हरदम कार्यक्रममा उपलब्ध हुन्छन्। यस प्रक्रियाको दौरान नार्कोनन कर्मचारीहरूले सुताई, खाना, तरल पदार्थको सेवन र सामान्य प्रगतिको निगरानी गर्दछन्। कम्पन शान्त पार्न र दुखाइ कम गर्न असिस्ट नामक शारीरिक विधिको प्रयोग गरिन्छ।

अब्जेक्टिभ्स भन्ने कार्यविधिबाट कर्मचारीहरू विद्यार्थीहरूलाई विद्धमान अवस्थातर्फ उनीहरूको ध्यान आकर्षण गर्न, शरीरलाई वरिपरिको वातावरण तर्फ निर्देशित गर्न सहयोग गर्दछन्। अब्जेक्टिभ्सले आफूभित्रको नकारात्मक सोच, बितेको कुराको बारेमा सोचेर आउने मानसिक र भावनात्मक असहजताबाट मुक्त हुन सहयोग गर्दछ।

अन्तत: पोषणले विथड्रलका लागि ठूलो भूमिका खेल्दछ। शरीरलाई सही तरिकाले काम गर्नका लागि भिटामिन र खनिजको आवश्यकता पर्दछ, लागुऔषध र मादकपदार्थले भिटामिन र खनिजलाई खतम पारेर नराम्ररी शरीरका अंगहरू खराब बनाउँछ। जब व्यक्तिले लागुऔषधको प्रयोग छाड्दछ, दुखाई र असहजता विथड्रलमा महसुस हुन्छ।

असिस्ट र अब्जेक्टिभ्सका साथसाथै, विद्यार्थीहरू विथड्रल प्रक्रियाको दौरान शरीरलाई मर्मत गर्नका लागि भिटामिन र खनिज पदार्थहरू पर्याप्त मात्रामा लिन्छन्।

“मलाईं लागुऔषध सेवन गर्ने बाहेक अन्य कुनैपनि कुरामा इच्छा थिएन। अहिले यसको ठ्याक्कै उल्टो भएको छ। म वास्तवमै समाजको एउटा हिस्सा हुँ।”

न्यु लाइफ डिटक्सिफिकेसन कार्यक्रम

नार्कोनन न्यु लाइफ डिटक्सिफिकेसन कार्यक्रम नार्कोनन कार्यक्रमको एउटा अद्वितीय दृष्टिकोण हो। एल्. रोन हब्बर्डको खोजमा आधारित कुराले के देखाउँछ भने लागूपदार्थका अवशेषहरू शरीरका वोसोजन्य तन्तुहरूमा फसेर रहेका हुन्छन् र व्यक्तिले लागूपदार्थ त्यागेको वर्षौं पछिसम्म पनि सक्रिय रहन सक्छन्। लागुऔषधका हानिकारक मानसिक तथा शारीरिक असरहरू मानिसले लागुऔषध लिन छोडे पनि अन्त्य हुँदैनन्। त्यसैले महत्वपूर्ण चरण भनेको शरीरबाट लागूपदार्थहरू बाहिर निकाल्नु र तिनीहरूको मानसिक र शारीरिक असहरूलाई व्यक्तिको जीवनबाट समाप्त गर्नु हो।

नार्कोननको यो चरण लागूपदार्थ र मादकपदार्थसँग सम्बन्धित शारीरिक इच्छाहरू घट्दा शरीरबाट विषाक्त पदार्थहरू हटाउन तयार गरिएको थियो। न्यु लाइफ डिटक्सिफिकेसन कार्यक्रमका तत्वहरूमा रक्त सञ्चार पढाउन दौडिनु; सञ्चित लागूपदार्थहरू र विषाक्त पदार्थहरू पसिना मार्फत निकाल्न विशेष रूपमा भेन्टिलेसन भएको, कम ताप, सुख्खा सौनामा लामो समयसम्म पसिना निकाल्ने; विशेष भिटामिनहरू, खनिजहरू र ठीक मात्रामा सेवन गरिएका तेलहरू लगायतका पोषणहरू; र पर्याप्त निद्रा पुग्ने गरी बनाइएको व्यक्तिगत कार्यतालिका पर्दछन्।

यो कार्यक्रमको भिटामिन सम्बन्धी पाठ्यक्रममा नियासिनको एक क्रमिक वृद्धि, अन्य भिटामिन र बहु खनिजहरूको जानकारी सामेल छन्। यस बाहेक कार्यक्रममा विद्धार्थीहरूले तेलहरूको एउटा मिश्रण पनि सेवन गर्ने गर्दछन्। विद्धार्थीहरूले प्रक्रियाको बेलामा पर्याप्त मात्रामा पानी खान, पर्याप्त मात्रामा नुन, पोटासियम लिएका भन्ने कुरा सुनिश्चित गर्न, उनीहरूको सुपरिवेक्षण गरिन्छ।

न्यु लाइफ डिटक्सिफिकेसनको उदेश्य लागु पदार्थको अवशेष शरीरबाट बाहिर निकाल्ने र लागुऔषधको तृष्णा सहित त्यसको नकारात्मक असर हटाउने हो।

अब्जेक्टिभ्स

लागुऔषध रहित विथड्रल र न्यु लाइफ डिटक्सिफिकेसनको सहायताले, नार्कोननका विद्यार्थी अब्जेक्टिभ्स तर्फ उत्प्रेरित हुन्छन्। लागुऔषधले व्यक्तिको सचेतनालाई कमजोर बनाउँदछ र उसलाई वातावरणसँगको सञ्चारभन्दा बाहिर राख्छ। ‍अब्जेक्टिभ्सले विद्यार्थीलाई लागुऔषधसँग सम्बन्धित व्याकुल गराउने सम्झनाहरूबाट टाढा राख्दै विद्यार्थीहरूलाई उदेश्यमूलक योजना हासिल गर्न सक्षम बनाउँदै अन्य व्यक्तिहरू र वर्तमान वातावरणसँगको सम्पर्कमा ल्याउन मद्दत गर्दछ। उसले शायद धरै वर्ष पछि आफ्नो वरपरको संसार स्पष्ट रूपमा हेर्न सक्नेछ।

"मलाईं आफ्नो जीवनमा कुनै आशा थिएन। म यहाँ एउटा बिग्रिसकेको मान्छेको रूपमा आएको थिए। नार्कोननले मलाईं जीवन प्रदान गरेको छ।”

कार्यक्रमका विभिन्न चरणहरूको दौरान, विद्यार्थीको विगतलाई बिर्साउँदै वर्तमानलाई उजागर गर्न हरेक दिन अब्जेक्टिभहरू गरिन्छ।

अब्जेक्टिभहरूमा, विद्यार्थीहरूले जीवनमा समस्याहरूको सहज तरिकाले सामना गर्न र सञ्चार मार्फत समस्याहरू समाधान गर्न उनीहरूले प्रयोग गर्नसक्ने कौशलहरू पनि सिक्दछन्।

जीवन कौशलता कोर्स

हाम्रो लक्ष्य भनेको प्रत्येक व्यक्तिका लागि दिर्घकालीन सफलता हो। सबैले विथड्रल र डिटक्स पछि पहिला भन्दा राम्रो अनुभव गर्दछन् तर अझ धेरै काम गर्न बाँकी नै हुन्छ।

प्रभावकारी अभ्यास र सिकाइले स्थिरता, आत्म‑सम्मान तिर डोर्‍याउने र व्यक्तिगत मुल्यहरू फर्काउने काम गर्दछ। जीवन कौशलताहरू, शारीरिक कौशलताहरू जसरी नै सिक्न सकिन्छ।

कार्यक्रमको अन्तिम तत्व जीवन कौशलता कोर्सद्वारा बनेको छ। यी कोर्सहरूले व्यक्तिलाई लागूपदार्थ-मुक्त हुनका लागि आवश्यक पर्ने विधिहरू प्रदान गर्दछन्।

जीवनका उतारचढावको सामना गर्ने कोर्स

भविष्यमा लागूपदार्थ सेवन गर्ने अवस्थाहरू आउन नदिन, विद्यार्थीहरूले आफ्नो जीवनमा असल साथीहरू र सकारात्मक मानिसहरूको पहिचान गर्न र समस्यामा पार्न सक्ने व्यक्तिहरू छुट्याउन सक्षम हुनु जरूरी छ। यस कोर्समा, विद्यार्थीहरू साथीहरू र परिचयका सम्बन्धमा गलत निर्णयहरू गर्ने हुँदात्यसले विगतमा उनीहरूको जीवनलाई कसरी बिगारेको थियो भन्ने कुरा र भविष्यमा असल निर्णयहरू कसरी गर्ने भन्ने कुरा पनि सिक्नेछन्।

व्यक्तिगत मुल्य सम्बन्धी कोर्स

व्यक्तिगत मुल्यहरू कोर्समा, विद्यार्थीहरूले व्यक्तिगत मुल्य कसरी गुमाउँछन् र तिनीहरूलाई कसरी पूर्वावस्थामा ल्याउने भन्ने कुरा सिक्दछन्। तिनीहरू आफ्ना वास्तविक दायित्वहरू पहिचान गर्दछन्। तिनीहरूले एउटा त्यस्तो प्रक्रिया सिक्दछन् जसले उनीहरूलाई आफ्ना गलत कार्यहरूको पूर्ण जिम्मेवारी लिन र यसप्रकार उनीहरूसँग सम्बन्धित मानसिक आघात र उनीहरूसँग जोडिएको अपराध बोधबाट कसरी मुक्त हुने भनी सक्षम बनाउँछ। यो कोर्सको अन्त्यसम्म, विद्यार्थीहरू आफ्नो विगतलाई पछाडी छाडेर सकारात्मक भविष्य तर्फ अगाडी बढ्न सक्नेछन्।

जीवनमा आउने परिवर्तन सम्बन्धी कोर्स

प्रायः चूनौतीपूर्ण परिस्थितिहरूको सामना गर्न नसक्नाले लागूपदार्थ तथा मादकपदार्थ सेवनको सुरूवात हुने भएकोले, पहिलेका कुलतमा फसेका व्यक्तिहरूले लागूपदार्थ-मुक्त हुनमा सहयोग पुर्‍याउने रचनात्मक समस्या-समाधानका सीपहरू सिक्नु अत्यन्तै जरूरी छ। तिनीहरूले विगतका कुनैपनि कुराहरू सुधार्न पनि सिक्छन् जसले गर्दा आफ्नो जीवनलाई अगाडी बढाउने ठोस कदमहरू सिक्नमा अब समस्या रहने छैन।

“म अहिले आफूमा सबै गुणहरू देख्छुँ। म बलियो छुँ, स्वतन्त्र छुँ र मैले सधैँ बन्न चाहेको व्यक्ति छुँ।"

निर्देशनात्मक फिल्महरू

व्यक्तिलाई कुलतबाट बाहिर निकाली लागुऔषध मुक्त अवस्थामा पुर्‍याउन तिनीहरूले कसरी एकसाथ काम गर्दछन् भन्ने कुरा सम्बोधन गर्दै प्रविधिको हरेक दृष्टिकोणको सिद्धान्त र कार्यविधिलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दै कार्यक्रममको दौरान विद्यार्थीहरू सामु निर्देशनात्मक फिल्महरूको एउटा श्रृङ्खला प्रस्तुत गरिन्छ।

सारांश

कुनैपनि लागुऔषध सुधार कार्यक्रममा, सफलताको ग्यारेन्टी हुँदैन। यसका लागि विद्यार्थीले लागुऔषध रहित जीवन प्राप्त गर्ने इच्छा तथा दृढता हुनुपर्दछ।

कुलतबाट निस्कन समय लाग्छ र यसका लागि प्रतिबद्धता चाहिन्छ। नार्कोनन कार्यक्रम मार्फत विद्यार्थीहरूको प्रगति उनीहरूको प्रयासमा भर पर्छ, अधिकांस विद्यार्थीलाई आठ देखि दश हप्ता लाग्ने गर्दछ। यसले विद्यार्थीहरूलाई लागुऔषध वा मादकपदार्थले नष्ट बनाएको जीवनलाई पूर्ण रूपमा परिवर्तन गर्न उनीहरूलाई आवश्यक रहेको समय र सहायता प्रदान गर्दछ।

नार्कोनन कर्मचारी विद्यार्थीहरूलाई कार्यक्रमको हरेक चरणमा सहायता गर्न विशेष रूपमा तालिम प्राप्त हुन्छन्। उनीहरू न्यु लाइफ डिटक्सिफिकेसन कार्यक्रम र जीवनमा आवश्यक सीपसँग सम्बन्धित पाठ्यक्रमहरू सहित विथड्रलको अवधि भरी व्यक्तिका लागि सधैँ उपलब्ध हुन्छन्।

इमान्दारीतापूर्वक तथा राम्रोसँग कार्यक्रममा प्रगति गर्ने विद्यार्थीले यस कार्यक्रमको अन्तमा आफूले माया गर्ने व्यक्तिहरूसँगको सम्बन्ध पुन: निर्माण गर्न सक्छन्, पुर्ण उत्पादनशील लागुऔषध-मुक्त जीवन बाँच्ने अवसर नै नार्कोनन ग्रेजुएटका लागि अन्तिम परिणाम हो।